सुम्निमापारुहाङको प्रतिमा निर्माण कार्य मङ्सिर ९ गते सिलान्यास हुने
- पर्यटनराजनीतिसमाचारस्थानिय तह
- August 20, 2025
भोजपुर – पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक प्रतीकका रुपमा मानिने सुम्निमापारुहाङको प्रतिमा धरानमा निर्माण कार्य आगामी आगामी मङ्सिर ९ गते सिलान्यास हुने भएको छ। प्रतिमा निर्माण कार्य अघि बढाउनका लागि यसअघि मङ्सिर २ गते साल्पा सिलिचुङ यात्रा तय गरिएको छ। उक्त यात्राबाट ल्याइने साल्पा सिलिचुङको माटो, ढुङ्गा र पानी प्रयोग गरी निर्माण कार्यलाई औपचारिक रुपमा सुरु गरिनेछ।

प्रतिमा निर्माण अभियानलाई विशेष महत्व दिने कार्यमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साङपाङ’ सक्रिय रहँदै आएका छन्। साधारण जीवनशैली, स्वच्छ राजनीति र जनमुखी अभियानका कारण सधैं चर्चामा रहने मेयर साङपाङलाई स्थानीयले प्रतिमा निर्माणको प्रमुख प्रेरक व्यक्तित्वका रुपमा हेरेका छन्।

हर्क साङपाङले यसअघि पनि धरानको प्राकृतिक स्रोत संरक्षण, सडक सफाइ र जनअधिकारको सवालमा खुला ढङ्गले आवाज उठाउँदै आएका छन्। सुम्निमापारुहाङको प्रतिमा निर्माण कार्यलाई उनले स्थानीय संस्कृति, पहिचान र इतिहास जगेर्नासँग जोडेर अघि बढाएका छन्।