जनसेवा माविमा शिक्षकका लागि अक्षयकोष स्थापना
- समाचारस्थानिय तह
- December 16, 2022

भोजपुर । समान्यतया विद्यालयमा विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिन्छ तर हतुवागढी ९ हसनपुरमा रहेकाे जनसेवा माध्यामिक विद्यालयमा शिक्षकका लागि अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयका पुर्व विद्यार्र्थी समेत रहेका उद्यमी एनसी राईले आफ्नो जन्मदाता स्वर्र्गीय बुबा आमाको नाममा स्व. पदम बहादुरर रेशम माया राई स्मृति अक्षयकोष स्थापना गर्नभएको हो । विद्यालयको ५४औ वाषिकउत्सवको अवसरमा राईले १ लाख १५ हजार ५ सय ५५ रुपैया राशिको अक्षयकोष स्थापना गरेका हुन । स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई वार्षिक रुपमा पुरस्कार प्रदान गरिनेछ । विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षकको प्रमुख भूमिका रहने हँुदा शिक्षकको प्रोत्साहनको लागि कोष स्थापना गरेको अक्षयकोषदाता एनसी राईले बताउनु भयो ।
हसनपुर सुनसरी सम्पर्क मञ्च तथा भूपु विद्यार्र्थी मञ्चका सचिव समेत रहनुभएका राईले आगामी दिनमा अक्षयकोष थप गर्दै लाने बताउनुभयाे । 