नेपाल शिक्षक महासंघ हतुवागढीद्वारा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न
- खेलकुद
- September 25, 2022
९ असोज, घोडेटार । नेपाल शिक्षक महासंघ हतुवागढीको आयोजनामा शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा वडादसैं तथा शुभकामना दिपावली विशेष शुभकामना आदानप्रदान सम्पन्न गरिएको हो ।
कार्यक्रममा वर्तमान शैक्षिक अवस्था र गाउँपालिकाका विद्यालयहरुमा शैक्षिक सुधारको निम्ति शैक्षिक अन्तरक्रिया समेत गरिएको हो ।
शिक्षक ईश्वर बहादुर खड्काको अध्यक्षतामा श्री सगरमाथा माविको सभा हलमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता किराती, नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राई, हतुवागढी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।