मरिन रिसोर्ट प्रालिले दसैंभर बराहक्षेत्र-कोप्चे वाटरबोट सञ्चालन गर्ने

शेयर गर्नुहोस

१० असोज, घोडेटार । सुनसरीको चतराघाट बाट भोजपुरको कोप्चे सम्म चल्दै आएको वाटरबोट बराहक्षेत्र देखि कोप्चेसम्म चल्ने भएको छ ।

दसैं तिहार लक्षित यात्रुहरुलाई सहजताको लागि सञ्चालनमा आएको बराहक्षेत्र एण्ड मरिन रिसोर्ट प्रालीले बुधबार देखि बराहक्षेत्रबाट कोप्चे सम्मका लागि जेटबोट सञ्चालन गर्ने भएको हो ।

बराहक्षेत्रबाट छोटो दुरी हुने तथा छिटो आवतजावत हुने हुँदा यात्रुलाई सहजताको लागि बराहक्षेत्रबाट ४० सिट क्षमताको ओपन बोट सञ्चालन गर्न लागिएको प्रालिका सुपरभाइजर खगेन्द्र घिमिरेले बताएका छन् ।

बराहक्षेत्रदेखि सञ्चलनको लागि मंगलबार ट्रायल सफलतापूर्वक गरिएको हो । तर, बराहक्षेत्र सम्म ल्याउन कठिन हुने ठुला सामाग्रीहरु चतराघाट देखि नै ल्याइने जनाइएको छ । प्रालिका सुपरभाइजर घिमिरेले भने, ‘दसैंमा गाउँ फर्किने यात्रुहरुको बढ्दो चाप हुन्छ, उहाँहरुलाई छिटो यात्राको लागि दसैं अवधिभर बराहक्षेत्रबाट सञ्चालन गर्ने भएका छौं । दसैं पछि पानीको बहाब कम भए सँग पुन: चतराघाट बाट सञ्चालन गर्नेछौं ।’

केही दिन अघि बोट दुर्घटना भएको खबर झुटो रहेको समेत उनले बताए । ‘बराहक्षेत्र घुम्तिमा पानीको छालले लागेर अगाडीको सिसा फुटेको थियो । फुटेको सिसाबाट पानी छिर्ने भए पछि केही दिनलाई स्थगित गर्यौं’ उनले भने, ‘मेसिनरी साधन कुनबेला समस्या आइ पर्छ, अझ जल यात्रा भएको कारण पानीको भेलमा भर पर्नु पर्ने हुँदा छिनमा बन्द गरेर बस्नु पर्ने अवस्था आउन सक्छ । यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गर्दछु ।

सप्तकोसीमा जेटबोट सञ्चालनले भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्कामा र सप्तकोसी किनारका उदयपुरका बासिन्दाहरु लाभान्वित हुने गरेका छन् ।
बर्खाको समय नदिमा पानीको भेल बाढी आए सँगै जेटबोट सञ्चालन नहुँदा भोजपुर हतुवागढीका स्थानीय महंगो भाडा तिरेर जोखिमको यात्रा गर्न तथा साविकको बाटो अक्करे हुँदै लिस्नो लाएर यात्रा गर्नुको विकल्प छैन ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…