छुट्टै सेयर कारोबार प्रणाली आउने पक्का, विनियमावली संशोधनको फाइल बोर्ड पुग्यो

शेयर गर्नुहोस

२२ फागुन, काठमाडौं । सेयर ब्रोकर कम्पनीहरूले अब छुट्टै सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन् । अहिले सेयर किनबेचका लागि प्रयोग हुने गरेको टीएमएस नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उपलब्ध गराएको प्रणाली हो । ब्रोकर कम्पनीहरुले आफ्नै टीएमसएस ल्याउन केही वर्ष पहिले नै तयारी गरेका थिए । तर नेप्से र नेपाल धितोपत्र बोर्ड सकारात्मक नहुँदा यो विषय अघि बढ्न सकेको थिएन ।

ब्रोकर कम्पनीहरुलाई आफ्नै कारोबार प्रणाली विकास गरी सञ्चालनमा ल्याउन दिन नेप्से तयार देखिएको छ भने बोर्ड पनि सकारात्मक देखिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बोर्डका अध्यक्ष रमेश कुमार हमाल दुबै जना यस विषयमा सकारात्मक देखिएका छन् । अब नेप्सेले छुट्टै प्रणाली विकास गर्न कारोबार व्यवस्थापन प्रणालीसम्बन्धी विनियमावली संशोधन गर्नुपर्ने हुन्छ ।

विनियमावली संशोधन समेत गरेर नेप्सेले बोर्डमा पठाइसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । बोर्डले विनियमावली स्वीकृत गरेपछि प्रणाली विकास गर्न नेप्सले ब्रोकरहरुलाई भन्नेछ । तर ब्रोकरहरुले यस अघि नै तयारी गरिसकेकाले आफ्नै टीएमएस ल्याउन लामो समय भने कुर्नुपर्ने छैन । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार प्रणाली तयारी अवस्थामा छ । तर परीक्षण भने गरिएको छैन ।

‘हामीले सफ्टवेयरको काम त लगभग पूरा गरेका छौं, टेष्ट गर्न बाँकी छ,’ उनले भने, ‘पोलिसी नै नआइ टेष्ट गर्ने कुरा भएन, पोलिसी आउने वित्तिकै हामी टेष्ट गरिहाल्छौं ।’केही वर्ष अघिसम्म अफलाइन कारोबारको नेपालमा विकल्प नै थिएन ।

नेप्सेले कारोबार प्रणाली नबनाएका कारण लगानीकर्ताहरू ब्रोकर कार्यालयमा नै पुगेर अथवा टेलिफोन गरेर सेयर कारोबार गर्दै आएका थिए । नेप्सेले टीएमएस भित्र्याएपछि अहिले ६ लाख लगानीकर्ताले अनलाइन कारोबार गर्दै आएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…