विद्यार्थी नेता चन्द्र किराती जसपाबाट गठबन्धनका उम्मेदवार
- राजनीति
- April 27, 2022
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर २ को सदस्य पदमा चन्द्र किरातीले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समय विद्यार्थी राजनीतिमा सक्रीय किरातीले जनता समाजवादी पार्टि सहितको गठबन्धनबाट खुल्ला वडासदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उक्त वडामा जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त उपमा उम्मेदवार खडा गरेका छन् ।
जसमध्ये अध्यक्ष विशाल राई (नेकपा एकीकृत समाजवादी), महिला सदस्य कमला लुइँटेल (नेकपा माओवादी), दलित महिला सदस्य तारा सार्की (नेकपा माओवादी), खुल्ला सदस्य धनबहादुर राई (नेकपा माओवादी), खुल्ला सदस्य चन्द्र किराती जनता समाजवादी पार्टी (जसपा) बाट रहेका छन् । गठबन्धनको साझा उम्मेदवारहरुले संयुक्त रुपमा कलम चुनाव चिन्हबाट चुनावी प्रतिस्पर्धा गर्नेछन् ।
गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य समेत रहेका विशाल राई पार्टी विभाजन सँगै नेकपा एकीकृत समाजवादीमा रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट विष्णु प्रसाद घिमिरे र नेकपा एमालेको तर्फबाट इश्वर बस्नेतले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार घिमिरे गत निर्वाचन २०७४ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् ।
षडानन्द नगरपालिका -२ मा यस्तो छ २०७४ सालको निर्वाचन मतपरिणाम:
वडा अध्यक्षः
१. टिकाराम राई (नेकपा माओवादी केन्द्र) १५४ मत
२. तेन्जे राई (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३ मत
३. नारायण कुमार बस्नेत (नेकपा एमाले) २५२ मत
४. महेन्द्र राई (संघीय समाजवादी फोरम, नेपाल) ११८ मत
५. विष्णु प्रसाद घिमिरे (नेपाली कांग्रेस) ३८५ मत (निर्वाचित)
खुल्ला सदस्यः
१. अमृत सुनुवार (संघीय समाजवादी फोरम, नेपाल) ७०
२. छत्र बहादुर बिष्ट (नेकपा एमाले) २९२
३. क बहादुर राई (नेकपा माओवादी केन्द्र) १४४
४. देउरताराम तामाङ (नेपाली कांग्रेस) ३८९ (निर्वाचित)
५. प्रेम बहादुर राई (संघीय समाजवादी फोरम, नेपाल) ५०
६. विशाल राई (नेकपा एमाले) ३१३ (निर्वाचित)
७. यादव खतिवडा (नेकपा माओवादी केन्द्र) १४४
८. योगेन्द्र बहादुर थापा (नोपाली कांग्रेस) ३०७
९. राम प्रसाद राई (राष्ट्रिय प्रजातन्त्र पार्टी) ७
महिला सदस्यः
१. कविता राई (नोपाली कांग्रेस) ३४९ (निर्वाचित)
२. गंगादेवी खतिवडा (नेकपा एमाले) ३०५
३. नन्द कुमारी गुरुङ (नेकपा माओवादी केन्द्र) १५१
४. मैया रानी राई (संघीय समाजवादी फोरम, नेपाल) ४९
दलित महिला समस्यः
१. कल्पना सार्की (संघीय समाजवादी फोरम, नेपाल) ४४
२. चन्द्र कुमारी दर्जी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ५
३. तारा विक (नेकपा एमाले) २७२
४. विष्णु माया विक (नेकपा माओवादी केन्द्र) १८१
५ हिरा दर्जी (नेपाली कांग्रेस) ३६७ (निर्वाचित)