‘थप विकास र अधुरो योजना पूरा गर्न पुनः अध्यक्षमा उम्मेदवारी’

शेयर गर्नुहोस

घोडेटार । नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट हतुवागढी-४ को वडाध्यक्ष उम्मेदवारमा चन्द्र बहादुर बिष्ट छानिएका छन् ।

पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेका बिष्ट २०७४ को स्थानीय चुनावमा निर्वाचित वडाध्यक्ष समेत हुन् ।

माध्यमिक तहको शिक्षा हासिल गरेका ४१ वर्षीय बिष्टले वि.सं. २०५६ सालबाट एमाले पार्टीको संगठित सदस्य भएसँगै राजनैतिक यात्रा सुरु गरे ।

वैदेशिक रोजगारको क्रममा ५ वर्षको अनुभव बटुलिसकेका उनले यस अघिपनी जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

दुई कार्यकाल पञ्चकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका बिष्ट भलिबल खेलाडी समेत हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…