हतुवागढीका एक मात्र स्वतन्त्र उम्मेदवार काजिराम बस्नेतले पाए ‘धारा’ चुनाव चिन्ह

शेयर गर्नुहोस

–अर्जुन राई अपहेलित,

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार काजिराम बस्नेतले ‘धारा’ चुनाव चिन्ह पाएका छन् ।

शनिबार गरिएको चुनाव चिन्ह वितरणमा बस्नेतले ‘धारा’ चिन्ह पाएका हुन् ।

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका बस्नेतलाई धारा चुनाव चिन्ह प्रदान गरिएको स्थानीय निवार्चन कार्यलय घोडेटारका सहायक अधिकृत राज कुमार शाक्यले जानकारी दिए ।

हतुवागढीमा पाँच दलले सहभागिता जनाएका छन् । हतुवागढी ९ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट अमर राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै हतुवागढी–९ मा नेपाली कांग्रेसको तर्फबाट शान्तिमाया राईले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । ९ वटा वडामध्ये शान्तिमाया एक मात्रै महिला वडाध्यक्षका उम्मेदवार हुन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालले पनि ३ वडामा उम्मेदवारी दर्ता गराएको छ । हतुवागढी १ र २ वडामा अध्यक्ष र वडा नम्बर ५ मा प्यानलै जसपाका उम्मेदवार रहेका छन् । नेकपा माओवदीले हतुवागढी ८ र ९ नम्बर वडामा प्यानलै उम्मेदवारी दर्ता गराएको छ भने अन्य केही वडामा नेपाली कांग्रेस सँग गठबन्धन गरेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले ९ वटै वडामा उम्मेदवारी दर्ता गराएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक उम्मेदवारको रुपमा युवा वर्गको सहभागिता रहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…