हतुवागढी-२ मा एमाले परित्याग गरि १२ जना कांग्रेस प्रवेश

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी -२ मा नेकपा एमाले परित्याग गरि १२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार (हिजो) हतुवागढी -२ लुङ्गिनमा सम्पन्न नेपाली कांग्रेसको चुनावी सभाको अवसरमा पार्टी प्रवेश गराइएको हो ।

पार्टी प्रवेश गर्नेहरुमा अजय राई, अरुण कार्की, उदय राई, नेपाल मान राई, पदम राई, थमान सिंह राई, सन्दिप कार्की, पवन मगर, धन कुमार राई, आश्विन राई, प्रताप राई र सेतुमान लम्जेल रहेका छन् ।

नेपाली कांग्रेस हतुवागढी-२ द्वारा आयोजित उक्त चुनावी सभामा नेपाली कांग्रेस क्षेत्रीय सभापति मदन खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

कांग्रेसबाट हतुवागढी -२ का अध्यक्ष उम्मेदवार नारद राई, गठबन्धन बाट पालिका प्रमुखका उम्मेदवार गजेन्द्र बहादुर कार्की, उप प्रमुखको उम्मेदवार सुनिता किराती, कांग्रेस नेता दिनेश घिमिरे लगायतले सभालाई सम्बोधन गरेका थिए ।

सभामा नेकपा माओवादी केन्द्र हतुवागढी अध्यक्ष श्याम हाङ्खिम, नेपाली कांग्रेस जिल्ला सदस्य विजय मोक्तान लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

भोजपुरको हतुवागढीमा १५ दिने हेण्डबल प्रशिक्षण सम्पन्न

भोजपुरको हतुवागढीमा १५ दिने हेण्डबल प्रशिक्षण सम्पन्न

शेयर गर्नुहोसघोडेटार । भोजपुर जिल्ला ह्याण्डबल संघद्वारा आयोजित हेण्डबल खेल प्रशिक्षण सम्पन्न भएको छ । हतुवागढी-१…
सगरमाथा आरोही अबिरल राईलाई किरात राई विधार्थी संघले गर्यो सम्मान

सगरमाथा आरोही अबिरल राईलाई किरात राई विधार्थी संघले गर्यो सम्मान

शेयर गर्नुहोस काठमाडौं । किरात राई विधार्थी संघको झण्डालाई विश्वको सर्वोच्च शिखर सगरमाथामा फराएर फर्किएका अविरल…
कथाकार म्यामराज राईको लघुकथा संग्रह ‘हाम्रो बाटो’माथि विमर्श

कथाकार म्यामराज राईको लघुकथा संग्रह ‘हाम्रो बाटो’माथि विमर्श

शेयर गर्नुहोस घोडेटार । हतुवागढी पुस्तकालय तथा इश्वरमान राई प्रतिष्ठानले कथाकार म्याम राज राईको लघुकथा संग्रह…