पारदर्शीपूर्ण विकास गर्न सबैको संलग्नता हुनु पर्छ: रामकुमार राई

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा रामकुमार राईले उम्मेदवारी दिएका छन् ।

आसन्न वैशाख ३० गतेको स्थानीय निर्वाचनमा राईले जनता समाजवादी पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता सँगै रामकुमार यति बेला चुनावी अभियान लिएर वडाबासीको घरदैलोमा व्यस्त छन् । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनकालको तत्कालीन अवस्थामा नेकपा एमालेमा आवद्ध रही राजनैतिक यात्रा प्रारम्भ गरेका रामकुमार हाल जनता समाजवादी पार्टीमा आवद्ध छन् ।

प्रारम्भमा उनले किसान संगठन, प्रजातान्त्रिक युवा संगठन जस्ता विभिन्न भातृ संगठनमा रहेर काम गरे । श्री शान्तिशोया आधारभूत विद्यालयमा केही समय अध्यापन समेत गरेका उनले नेपाली सेनामा १३ वर्षको अनुभव बटुलेका छन् । कम्युनिस्ट विचारधारा प्रती आस्था राख्ने गरेका रामकुमार हरेक समय राजनीतिमा नै घुलमिल रहे ।

नेपाली सेनामा कार्यरत रहँदा राजनीतिमा निष्क्रिय रहेका उनी वि.सं. २०६१ बाट नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत पार्टीमा प्रवेश गरे ।

नेकपा एकीकृतको भोजपुर जिल्ला सदस्य रहेर ९ वर्ष संघर्ष गरेका उनी २०७० सालको निर्वाचन यता जनता समाजवादी पार्टीमा कृयाशिल छन् । रामकुमार तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गत स्थानीय निर्वाचन २०७४ मा हतुवागढी -५ मा खुल्ला वडा सदस्यका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए पनि उनी विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्यमा कृयाशिल छन् ।

हाल जनता समाजवादी पार्टी हतुवागढी अध्यक्षको जिम्मेवारीमा रहेका उनले हतुवागढी -५ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । हरेक समय सामाजिक कार्यमा संलग्न रहेर समुदायमा योगदान पुर्याएका रामकुमार चुनाव जित्नेमा ढुक्क छन् ।

भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु पर्ने, भौतिक साथै चेतनाको विकास, सामाजिक रुपान्तरणका लागि समय सापेक्ष रिति संस्कृतिको परिमार्जन गरिनु पर्ने उनको मान्यता छ ।

उनले होम्ताङमा उत्पादित नाङ्लो डालोको बजारीकरण सुनिश्चित गर्ने, शिक्षालाई सुधार र सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लगाएतका योजना अघि सारेका छन् । उनले सबै समुदायको भाषा, संस्कृति र धर्मप्रती सहिष्णुता कायम गरि समाजिक सत् भावको विकास गर्ने र पारदर्शीपूर्ण विकासमा सबैको संलग्नता रहनुपर्ने अवधारणा अघि सारेका छन् ।

आफू शिक्षा क्षेत्र सँग नजिक रहेको बताउदै उनले भौतिक विकास साथै चेतनाको विकास आवश्यक रहेको बताए । सामाजिक सुधारको पक्ष उनको प्राथमिकतामा रहेको छ ।

अघिल्ला जनप्रतिनिधिले नयाँ किसिमको अवधारणा ल्याउन खोजे पनि कार्यन्वयन हुन नसकेको उनको भनाइ छ । समतामूलक विकासका लागि “छाता” चुनाव चिन्हमा मतदान गरि विजयी गराउन उनको आग्रह छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…