स्ववियु जनता क्याम्पसद्वारा टीका आत्रेय र छविना मगरलाई सम्मान

शेयर गर्नुहोस

भाद्र २२, इटहरी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसले कवि टीका आत्रेय र छविना मगरलाई सम्मान गरेको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा स्ववियुद्वारा आयोजित खुल्ला कविता प्रतियोगिता कार्यक्रमका बीच सम्मान गरिएको हो ।

कवि टीका आत्रेय जनता बहुमुखी क्याम्पसका उप-प्राध्यापक हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगिता २०७९ को विजेता आत्रेय र नेपालकै चर्चित रियालिटी शो द पोइट आइडलको उत्कृष्ट १२ मा पुग्न सफल छविनालाई सम्मान गरिएको हो ।

साहित्य लेखनमा निरन्तर साधना गर्दै नेपाली भाषा साहित्यको माध्यमबाट यस क्षेत्रलाई परिचित गराउन सफल भएको भनी सम्मान गरिएको आयोजकले जनाएको छ ।

जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको हो । क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रतियोगिताका लागि प्राप्त कविता मध्ये उत्कृष्ट १५ कविता छनोट गरि प्रतिस्पर्धाका लागि वाचन गराइएको थियो ।

कार्यक्रममा सम्मानित कवि टीका आत्रेय र कवि छविना मगर साथै क्याम्पसका पूर्व विद्यार्थी एवं कवि युवराज काफ्लेले अतिथी कविका रुपमा कविता वाचन गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस अध्यक्ष सहदेव काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…