एमालेसँग तालमेल गरेका भोजपुरका तीन माओवादी उम्मेदवार पार्टीबाट निष्कासित

शेयर गर्नुहोस

भोजपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ ।

मंगलबार माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एक वक्तव्य जारी गर्दै एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई निष्कासन गरिएको जनाएको हो ।

मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट निष्कासित हुनेमा भोजपुर नगरपालिका -११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका -९ का शेखर तामाङ र षडानन्द नगरपालिका- १३ का ओम कुमार श्रेष्ठ रहेका छन् ।

प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै बाहिरी दलको चुनाव चिह्न लिई मनोनयन दर्ता गरेको हुँदा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पार्टीले जनाएको छ ।

माओवादीले जिल्लाका अन्य स्थानमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएकाहरुलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…