हतुवागढी ८ मा कांग्रेसले तोक्यो उम्मेदवार, यस्तो छ २०७४ को मत परिणाम

शेयर गर्नुहोस

  -अर्जुन राई अपहेलित
पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसले उम्मेदवार तय गरेको छ ।

शुक्रबार बसेको नेपाली कांग्रेस हतुवागढी-८ को बैठकले स्थानीय निर्वाचनको लागि उम्मेदवार तय गरेको हो ।

नेपाली कांग्रेस हतुवागढी सभापति बालकुमार राई र उपसभापति चन्द्र मोहन कार्कीको उपस्थितिमा बसेको उक्त बैठकबाट उम्मेदवारको नामावली तय गरिएको हो ।

बैठकको निर्णय अनुसार हतुवागढी -८ को वडाअध्यक्ष पदमा प्रेम बहादुर थापा, महिला सदस्यमा मणिकला राई, दलित महिला सदस्यमा पम्फा विक, खुल्ला सदस्यमा थाम बहादुर राई र रामु राईको उम्मेदवारी रहने छ । 

वडाअध्यक्ष पदका उम्मेदवार थापा विगत ७ वर्ष देखि पात्लेपानीमा प्रेम भेराइटी पसल सञ्चालन गर्दै आएका छन् ।

नेकपा एमालेमा आवद्ध थापा ५ वर्ष यता नेपाली कांग्रेसमा सक्रिय छन् । थापा गत भदौ १८ गते हतुवागढी-८ मा सम्पन्न पार्टीको १४ औं वडा अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

वडामा विकास नभएको कारण समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 

“वडाको सापिन्टार र मालबासे खानिपानीको व्यवस्थापन, विद्युत लाइन विस्तार, बारीगाउँ देखि मचुवा र इन्द्रेणी झरना सम्म सडक विस्तारलाई जोड दिनेछु” थापा भन्छन्, “पिचाखा खुकैला जोड्ने सडक विस्तार र वडाकार्यलयको भवन निर्माण मुख्य प्राथमिकता छ ।”

सरकारले स्थानीय तहको निर्वाचन मिति तोके सँगै हतुवागढीमा समेत विभिन्न राजनैतिक दलहरुको गतिविधि बाक्लिदै गएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा हतुवागढी-८ मा माओवादी केन्द्रको प्यानलै विजयी

२०७४ सालको स्थानीय निर्वाचनमा हतुवागढी ८ मा माओवादी, कांग्रेस र एमाले गरि तीन दलले उम्मेदवारी दर्ता गराएका थिए ।

उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रविन कुमार राईले २५५ मत ल्याएर हतुवागढी -८ को वडाध्यक्षमा विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्र थापाले १८६ र नेकपा एमालेका सैन बहादुर विष्टले १०३ मत ल्याए ।

त्यस्तै महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी सीता कुमारी राईले २४६ मत प्राप्त गरि विजयी भएका थिए भने नेपाली कांग्रेसकी कमला माया राईले १७७ र नेकपा एमालेकी उम्मेदवार सुपन राईले ११६ मत प्राप्त गरिन् ।

दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार तारा दर्जीले २५० मत प्राप्त गरि विजयी भइन् भने नेपाली कांग्रेसकी विष्णु कामीले १८२ र नेकपा एमालेकी इन्द्र कुमारी दर्जीले १०८ मत प्राप्त गरिन् ।

त्यसै गरि खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सुदन राईले २४० र विश्वजित चाम्लिङले २४६ मत प्राप्त गरि विजयी भएका हुन् । नेपाली कांग्रेसका भविन्द्र राईले २०३ र अम्बर बहादुर तामाङले १७३ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका गोविन्द बहादुर कार्कीले ९३ र आस राम राईले १०७ मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचन मतपरिणाम हेर्दा हतुवागढी ८ मा माओवादी केन्द्र बलियो देखिए पनि कांग्रेसबाट व्यवसायी प्रेम थापाको उम्मेदवार घोषणालाई चासोमा रुपमा हेरिएको पाइन्छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…