एमाले उम्मेदवारलाई पछि पार्दै मनाङको संघ र प्रदेशमा कांग्रेसको जित

शेयर गर्नुहोस

काठमाडौं । मनाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।

सोमबार सम्पन्न मतगणना अनुसार कांग्रेस उम्मेदवार गुरुङले २ हजार ५ सय ७५ मत ल्याइ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार पाल्देन्छोपाङ गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुख्या गुरुङले ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै मनाङ क्षेत्र नम्बर क तर्फ प्रदेशसभा सदस्यमा पनि कांग्रेस उम्मेदवार मुनिन्द्र जंग गुरुङ निर्वाचित भएका छन् ।
उनले १ हजार २ सय ५५ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन बहादुर गुरुङले ९ सय २५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मिफेल धिन्डु लामाले २३ मत प्राप्त गरे ।

त्यस्तै मुनाङ निर्वाचन क्षेत्र ख तर्फ प्रदेश सभा सदस्यका लागि राजिव गुरुङको एक मात्रै स्वतन्त्र उम्मेदवारी परेको थियो ।
यो सँगै मनाङ जिल्लाको मतगणना कार्य सम्पन्न भएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…