हतुवागढी ८ मा माओवादीबाट सुदन राई वडाध्यक्षको उम्मेदवार

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादीको उम्मेदवार टुङ्गो लागेको छ ।

नेकपा माओवादी केन्द्र वडा समिति अध्यक्ष राम बहादुर तामाङको नेतृत्वमा आइतबार (हिजो) बसेको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

बैठकको निर्णय अनुसार गत निर्वाचनमा निर्वाचित वडा सदस्य रहेका सुदन राई यो पटक वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । उनले हिजै वडा सदस्य पदबाट राजिनामा दिएका छन् ।

त्यस्तै महिला सदस्यमा नन्द राई, दलित महिला सदस्य माया परियार, खुल्ला सदस्य राम बहादुर तामाङ र चन्द्रकला राई रहेको माओवादी नेता विश्वजित चाम्लिङले जानकारी दिए ।

यस्तो छ २०७४ को स्थानीय निर्वाचनमा मत परिणाम

२०७४ सालको स्थानीय निर्वाचनमा हतुवागढी ८ मा माओवादी, कांग्रेस र एमाले गरि तीन दलले उम्मेदवारी दर्ता गराएका थिए ।

उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रविन कुमार राईले २५५ मत ल्याएर हतुवागढी८ को वडाध्यक्षमा विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्र थापाले १८६ र नेकपा एमालेका सैन बहादुर विष्टले १०३ मत ल्याए ।

त्यस्तै महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी सीता कुमारी राईले २४६ मत प्राप्त गरि विजयी भएका थिए भने नेपाली कांग्रेसकी कमला माया राईले १७७ र नेकपा एमालेकी उम्मेदवार सुपन राईले ११६ मत प्राप्त गरिन् ।

दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार तारा दर्जीले २५० मत प्राप्त गरि विजयी भइन् भने नेपाली कांग्रेसकी विष्णु कामीले १८२ र नेकपा एमालेकी इन्द्र कुमारी दर्जीले १०८ मत प्राप्त गरिन् ।

त्यसै गरि खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका सुदन राईले २४० र विश्वजित चाम्लिङले २४६ मत प्राप्त गरि विजयी भएका हुन् । नेपाली कांग्रेसका भविन्द्र राईले २०३ र अम्बर बहादुर तामाङले १७३ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका गोविन्द बहादुर कार्कीले ९३ र आस राम राईले १०७ मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचन मतपरिणाम हेर्दा हतुवागढी ८ मा माओवादी केन्द्र बलियो देखिए पनि कांग्रेसबाट व्यवसायी प्रेम थापाको उम्मेदवार घोषणालाई चासोमा रुपमा हेरिएको पाइन्छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…