चैत १२ गते हुने भोजपुर ट्रेल रेस प्रतियोगितामा सहभागिताको लागि आह्वान

शेयर गर्नुहोस

३ चैत, भोजपुर । भोजपुरको पौवादुङ्मा-५ सानोदुम्मामा ट्रेल रेस प्रतियोगिता हुने भएको छ ।

मिरा राई फाउण्डेशनको आयोजनामा अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिताबाट मान्यता प्राप्त भोजपुर ट्रेल रेस प्रतियोगिताको पाँचौ संस्करण यहि चैत १२ गते हुने भएको हो ।

विश्व अन्ट्रा धाविका मिरा राईको जन्म गाउँमा हुन लागेको उक्त प्रतियोगितामा सहभागिताको लागि इच्छुक धावक, धाविकालाई अनुरोध गरिएको छ ।

प्रतियोगितामा बालबालिकालाई पनि समावेश गरिने फाउण्डेशनका सचीव केशर राईले जानकारी दिए ।

उनका अनुसार १० बर्ष सम्मका बालबालिकाले ४ किलोमीटरको रेसमा सहभागी हुन पाउने छन् ।

त्यस्तै पौवादुङ्मा गाउँपालिकाका स्थानीयले १० किलोमिटरको रेसमा सहभागी हुन पाउने छन् ।

प्रतियोगितामा मुख्य प्रतिस्पर्धा ५० किलोमीटरको हुनेछ । उक्त रेस विभिन्न वडा, गाउँपालिका हुदै शुरुवात विन्दुमा पुगेर नै ५० किलोमिटर समापन हुनेछ ।

उक्त रेस प्रतियोगितामा महिला र पुरुषले आ-आफ्नो समुहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ प्रथमलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार,चौथोलाई १० हजार र पाँचौलाई ५ हजार पुरस्कार प्रदान गरिने छ ।ब

त्यस्तै स्थानीयहरुको लागि १० किलोमीटरको रेसमा पुरुष तथा महिला दुवैतर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागीलाई खाना तथा आवासको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।     

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…