प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोस

इटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ ।

शुक्रबार किरात राई यायोक्खा १ नं. प्रदेश कार्य समितिको अध्यक्ष पारशमणी राईको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष (केन्द्रिय आन्दोलन परिचालन समितिको संयोजक) तिलकप्रसाद राई उपस्थिति कोशी प्रदेश नामाङ्कनको विषयमा विस्तारित बैठक आयोजना गरिएको हो ।

बैठकबाट प्रदेश नं. १ को नाम छापामार शैलीमा कोशी राखिएको विरुद्धमा चलिरहेको आन्दोलनलाई व्यवस्थित गर्न किराया प्रदेश नं। १ कार्य समितिको अध्यक्ष पारसमणी राई ज्यूको संयोजकत्वमा आन्दोलन जनपरिचालन समिति गठन गर्ने र सो समितिको सदस्य सचिव किराया प्रदेश सचिव राम माण्डुपा राई ज्यू रहने गरी प्रदेश समितिका पदाधिकारी सदस्यहरु, १४ वटा जिल्लामा रहेका यायोक्खा जिल्ला समितिको पदाधिकारी सदस्यहरु र भाषिक तथा भातृ संगठनको उपलब्ध पदाधिकारी सदस्यहरु रहने गरी ५०१ सदस्यीय “प्रदेश नं। १ को पुनः नामकरण आन्दोलन जनपरिचालन समिति गठन” गर्ने निर्णय गरियो । प्रदेश नं। १ को पुनः नामकरण आन्दोलन जनपरिचालनलाई प्रभावकारी बनाई लक्ष्य हांसिलका लागि सबै जिल्ला र पालिका स्तरसम्म गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै आन्दोलन सफल बनाउन आर्थिक श्रोत ब्यवस्थापनका लागि किराया प्रदेश कार्य समितिका कोषाध्यक्ष उत्तम राई ज्यूको संयोजकत्वमा प्रदेश नं. १ अन्र्तगतका सबै जिल्ला समिति कोषाध्यक्षहरु सदस्य रहनेगरी आर्थिक व्यवस्थापन समिति गठन गर्ने, आन्दोलनको प्रचारप्रसारलाई व्यवस्थित गर्न किराया प्रदेश समिति सचिव राम माण्डुपा राई ज्यूको संयोजकत्वमा १४ वटै जिल्ला सचिवहरु सदस्यहरु रहने गरी “आन्दोलन प्रचारप्रसार समिति गठन” गर्ने, “प्रदेश नं। १ को पुनः नामकरण आन्दोलन जनपरिचालन समिति गठन” किरात राई यायोक्खा केन्द्रको नीति, निर्देशन र केन्द्रीय समितिले गठन गरेको सम्बन्धित समितिहरुसग समन्वय गर्दै अघि बढ्ने, आन्दोलन उठाउन किरात राई यायोक्खा केन्द्रिय समिति, भातृ, भाषिक र सम्बद्ध सम्पूर्ण पदाधिकारी, सदस्यहरु १ नं। प्रदेशको भूगोलको मैदानमा आउनुपर्ने, यो अवधिभरको बैठक लगायतको क्रियाकलाप भूगोलमै हुनुपर्ने र देश, विदेशमा रहनु भएको सम्पूर्ण पहिचानवादी मित्रहरुलाई सहयोग गर्न आव्हान गर्ने साथै शान्तिपूर्ण आन्दोलन उठाउन गाउँगाउँ, टोलटोलबाट जनतालाई आन्दोलनमा सहभागि गराउने र कोशी नाम खारेजी र आन्दोलन किन रु भन्ने बिषयमा बौद्धिक तथा सांगठनिक प्रशिक्षण चलाउने भएको छ ।

किरात राई यायोक्खाको समेत सहभागितामा गठन भएको प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले घोषणा गरेको फागुन २७ गते साँझको राँकेजुलुस, २८ गतेको आम हड्ताल र ५ गतेको विराटनगरमा हुने बृहत जनप्रदर्शनको लागि सबै तहका नेता, कार्यकर्ताहरु लाग्ने, आन्दोलनलाई भब्य बनाउन कम्तिमा फागुन ३ गतेसम्म जिल्लाको साथै पालिका स्तरसम्म बैठक, भेला, प्रशिक्षण राखेर आन्दोलनमा केन्द्रिकृत हुने निर्णय गरिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको तायारिप्ची बहुउद्देश्यीय भवन, किराया प्रदेश कार्यालयमा भएको बिस्तारित बैठकमा किरात राई यायोक्खा केन्द्र, प्रदेश, जिल्ला र बिभिन्न पालिकाहरुको पदाधिकारी, सदस्य लगायत ६१ जनाको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…