भोजपुर प्रदेशसभा क तर्फ राजेन्द्र राईको सुरुवाती अग्रता

शेयर गर्नुहोस

भोजपुर । भोजपुरमा मतगणना सुरु भएको छ ।

सोमबार दिउँसो २ बजे बसेको सर्वदलीय बैठक पश्चात् साँझ ५ बजे बाट मतगणना गरिने निर्णय गरिएको हो ।

तथापि भोजपुर नगरपालिकाको सभाहलमा बेलुका सात बजेबाट मात्रै गणना शुरु भएको हो । भोजपुर प्रदेश सभा क तर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र राईले सुरुवाती अग्रता लिएका छन् ।

प्रादेश क तर्फ ३०० मत गणना सम्पन्न हुँदा नेकपा एसका राजेन्द्र राईले १३८ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरि बहादुर राईले ८१ मत प्राप्त गरेका छन् । भोजपुरको क्षेत्र नम्बर १ को षडानन्द नगरपालिकाबाट गणना सुरु गरिएको हो ।

भोजपुरमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेका गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…