भोजपुर प्रदेशसभा क तर्फ राजेन्द्र राईको सुरुवाती अग्रता

शेयर गर्नुहोस

भोजपुर । भोजपुरमा मतगणना सुरु भएको छ ।

सोमबार दिउँसो २ बजे बसेको सर्वदलीय बैठक पश्चात् साँझ ५ बजे बाट मतगणना गरिने निर्णय गरिएको हो ।

तथापि भोजपुर नगरपालिकाको सभाहलमा बेलुका सात बजेबाट मात्रै गणना शुरु भएको हो । भोजपुर प्रदेश सभा क तर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र राईले सुरुवाती अग्रता लिएका छन् ।

प्रादेश क तर्फ ३०० मत गणना सम्पन्न हुँदा नेकपा एसका राजेन्द्र राईले १३८ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरि बहादुर राईले ८१ मत प्राप्त गरेका छन् । भोजपुरको क्षेत्र नम्बर १ को षडानन्द नगरपालिकाबाट गणना सुरु गरिएको हो ।

भोजपुरमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेका गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…