मतदातासँग भोट माग्दै एमसीसीको भ्रम चिर्ने कांग्रेसको तयारी

शेयर गर्नुहोस

२६ फगुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित १ महिने चुनावी कार्यक्रम घोषणा गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले १ महिने चुनावी अभियान घोषणा गरेको हो ।

२९ फागुनबाट २९ चैतसम्म १ महिना विशेष अभियान सञ्चालन हुने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारासहित कांग्रेस ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा पुग्ने भएको हो ।

संसद्बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि जनताका बीचमा प्रचार गरिएको भ्रमलाई निर्वाचन अभियानमार्फत चिर्ने कांग्रेसको तयारी छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अभियानमार्फत कांग्रेसले जनताको गुनासा सुन्ने र आफ्ना कुरा सुनाउने बताए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विपक्षी दलले जनतालाई भ्रमित बनाएको विषयमा कांग्रेसले अभियानमार्फत जनतालाई हरेक विषयमा स्पष्ट पार्ने पनि दाबी गरेका छन् ।

कांग्रेसले अभियानमार्फत स्थानीय तहको पहिलो कार्यकालको समीक्षा गर्ने पनि जनाएको छ । सो क्रममा स्थानीय, प्रदेश र केन्द्र सरकारबीच देखिएका समस्या र त्यसको निराकरणबारे सुझाव संकलन समेत गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले निर्वाचन अभियानका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई कमान्डर तोकिसकेको छ । उनीहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वसँगको सहकार्यमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अभियान अघि बढाउने जिम्मेवारी दिएको छ ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्ने जिम्मा भने स्थानीय समितिलाई नै दिने तयारी गरेको छ । यसरी घोषणापत्र तयार गर्दा स्थानीय तहको आवश्यकतालाई ध्यानमा राखेर बनाउनुपर्ने कांग्रेसको निर्देशन छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…