मतदातासँग भोट माग्दै एमसीसीको भ्रम चिर्ने कांग्रेसको तयारी

शेयर गर्नुहोस

२६ फगुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित १ महिने चुनावी कार्यक्रम घोषणा गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले १ महिने चुनावी अभियान घोषणा गरेको हो ।

२९ फागुनबाट २९ चैतसम्म १ महिना विशेष अभियान सञ्चालन हुने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारासहित कांग्रेस ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा पुग्ने भएको हो ।

संसद्बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि जनताका बीचमा प्रचार गरिएको भ्रमलाई निर्वाचन अभियानमार्फत चिर्ने कांग्रेसको तयारी छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अभियानमार्फत कांग्रेसले जनताको गुनासा सुन्ने र आफ्ना कुरा सुनाउने बताए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विपक्षी दलले जनतालाई भ्रमित बनाएको विषयमा कांग्रेसले अभियानमार्फत जनतालाई हरेक विषयमा स्पष्ट पार्ने पनि दाबी गरेका छन् ।

कांग्रेसले अभियानमार्फत स्थानीय तहको पहिलो कार्यकालको समीक्षा गर्ने पनि जनाएको छ । सो क्रममा स्थानीय, प्रदेश र केन्द्र सरकारबीच देखिएका समस्या र त्यसको निराकरणबारे सुझाव संकलन समेत गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले निर्वाचन अभियानका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई कमान्डर तोकिसकेको छ । उनीहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वसँगको सहकार्यमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अभियान अघि बढाउने जिम्मेवारी दिएको छ ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्ने जिम्मा भने स्थानीय समितिलाई नै दिने तयारी गरेको छ । यसरी घोषणापत्र तयार गर्दा स्थानीय तहको आवश्यकतालाई ध्यानमा राखेर बनाउनुपर्ने कांग्रेसको निर्देशन छ ।

 

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…