भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई

शेयर गर्नुहोस

भोजपुर । पुर्वी पाहाडि जिल्लाकाे सर्वाधिक पुरस्कार राशिकाे छै‌ठौ अन्तराष्ट्रिय मेयर गोल्डकप पुरुष फुटवल प्रतियोगिताको उपाधि क्यामरुनको एभनिर फुटबल कल्बले हात पारेको छ । आयोजक भोजपुर लाई २-० ले हराउदै नगद पाँच लाख सहित उपाधि हात पारेको हो । उपविजेता बनेको आयोजक भोजपुर जिल्ला फुटबल संघले नगद तीन लाख पाएको छ ।
विहिवार भएको फाइनल खेलमा एभनिरका न्युगिनीले ४२औं मिनटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा टिम्बा टिम्बाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका धिरज मगर चुनिए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । त्यस्तै विजेता बनेको एभनिरले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता भोजपुरले ३ लाखमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एभनिरका एलाईन चुनिए । उत्कृष्ट डिफेन्डर पनि एभनिर कै एनसानगुई घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि एभनिरका एन गुईन बने भने उत्कृष्ट प्रशिक्षक पनि एभनिर कै सागर लामा घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार एभनिरका टिम्बा टिम्बा र भोजपुरका सन्तोष तामाङले संयुक्त रुपमा हात पारे । उनीहरुले पुरस्कार वापतको ६५ सय आपसमा बाँडे । उदियमान खेलाडी भोजपुरका विनुप राई घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भोजपुरका बिजय भुजेल घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजनमा चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…