हतुवागढी गाउँपालिकाले निशुल्क शिक्षकसेवा/लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले निशुल्क शिक्षकसेवा/लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

शुक्रबार गाउँपालिकाले एक सुचना जारी गर्दै निशुल्क तयारी कक्षा सञ्चालनमा आवेदन पेश गर्न हतुवागढी बासीहरुमा अनुरोध गरेको हो ।

गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत सबै वडाहरुबाट प्रतिनिधित्व हुने गरि योग्यता पुगेका गाउँपालिका बासीहरु लक्षित निशुल्क आयोगका तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

लोकसेवा आयोगका खरिदार, नायबसुब्बा, शिक्षक सेवा र प्रदेश लोकसेवा आयोगको पाँचौ र चौंथो तहका कक्षाहरु सञ्चालन गरिने भएको हो ।

उक्त तयारी कक्षामा आवेदन दिन सम्बन्धित पद तथा तहको लागि योग्य उम्मेदवार हुनुपर्नेछ । आवेदन दिने मध्ये सबै वडाबाट सहभागी हुनेगरी महिला, विपन्न, दलित, आदिवासी, जनजाति र पिछडा वर्गलाई प्राथमिकतामा राखी छनौट गरिने जारी सुचनामा उल्लेख छ ।

लोकसेवा/शिक्षक सेवा आयोगको निशुल्क कक्षा सम्बन्धी सुचना।
लिन्क https://forms.gle/Do99CuhXaAF2qhBW7

सहभागिताको लागि: https://forms.gle/Do99CuhXaAF2qhBW7 मार्फत अनलाइन फारम भर्न सकिने छ । अनलाइन फारम भर्न असमर्थ भएमा इमेल ito.hatuwagadhimun@gmail.com
अथवा गाउँपालिकाको कार्यलयमा निवेदन पेश गर्न सकिने छ । यहि मंसिर २९ गते भित्र आवेदन पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

आवेदन पेश गर्न< यहाँ >क्लिक गर्नुहोस् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…