हतुवागढी भलिबल रनिङ शिल्ड प्रतियोगिता: पुरुष तर्फ झापा र हतुवागढी फाइनलमा भिड्दै

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका-१ घोडेटार स्थित जारी भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुष तर्फ झापा र हतुवागढी गाउँपालिका भिड्ने भएका छन् ।

आज (शुक्रबार) सम्पन्न सेमिफाइनल खेलमा हतुवागढीले आमचोक गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । उक्त खेल अवधिभर हतुवागढी भलिबल टिमका खेलाडी अनिस राई म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै रामप्रसाद राई गाउँपालिकालाई हराउँदै झापाले समेत फाइनल यात्रा तय गरेको हो । सेमिफाइनलको उक्त खेल अवधिभर झापा भलिबल टिमका रोहित शिवाकोटी म्याद अफ द म्याच घोषित भएका हुन् । 

महिलातर्फ आमचोक र रामप्रसाद राई गाउँपालिका बीच फाइनल खेल हुनेछ । सेमिफाइनल खेल अवधिभर आमचोक महिला भलिबल टिमकी आरुशा तामाङ र रामप्रसाद राई भलिबल टिमकी रुपा राई म्यान अफ द म्याच घोषित भएकी हुन् । 

दुवै तर्फ उपाधिका लागि फाइनल खेल भोलि बिहान ९ बजे देखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष तर्फ विजेताले नगद एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमले एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…