हतुवागढी भलिबल रनिङ शिल्ड प्रतियोगिता: पुरुष तर्फ झापा र हतुवागढी फाइनलमा भिड्दै

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका-१ घोडेटार स्थित जारी भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुष तर्फ झापा र हतुवागढी गाउँपालिका भिड्ने भएका छन् ।

आज (शुक्रबार) सम्पन्न सेमिफाइनल खेलमा हतुवागढीले आमचोक गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । उक्त खेल अवधिभर हतुवागढी भलिबल टिमका खेलाडी अनिस राई म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै रामप्रसाद राई गाउँपालिकालाई हराउँदै झापाले समेत फाइनल यात्रा तय गरेको हो । सेमिफाइनलको उक्त खेल अवधिभर झापा भलिबल टिमका रोहित शिवाकोटी म्याद अफ द म्याच घोषित भएका हुन् । 

महिलातर्फ आमचोक र रामप्रसाद राई गाउँपालिका बीच फाइनल खेल हुनेछ । सेमिफाइनल खेल अवधिभर आमचोक महिला भलिबल टिमकी आरुशा तामाङ र रामप्रसाद राई भलिबल टिमकी रुपा राई म्यान अफ द म्याच घोषित भएकी हुन् । 

दुवै तर्फ उपाधिका लागि फाइनल खेल भोलि बिहान ९ बजे देखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष तर्फ विजेताले नगद एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमले एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…