ह्वावेका दुई ल्यापटप नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

शेयर गर्नुहोस

काठमाडौं । नेपाली बजारमा ह्वावेका दुई नयाँ ल्यापटप सार्वजनिक भएको छ । ह्वावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोबिलिटीले ‘ह्वावे मेटबुक डी१५’ र ‘ह्वावे मेटबुक १४’ बजारमा ल्याएको हो ।

एक वर्षकाे वारेन्टी रहेका यी दुवै ल्यापटपमा इलेभेन्थ जेन इन्टेल कोर आईफाइभ प्रोसेसर र इन्टेल आइरिस एक्सई ग्राफिक्स छ ।नेपाली बजारमा ‘मेटबुक डी१५’ को मूल्य एक लाख नौ हजार ९९० रूपैयाँ र ‘मेटबुक १४’ को मूल्य एक लाख ४८ हजार ९९० रूपैयाँ तोकिएको छ ।ह्वावेका नेपालस्थित आधिकारिक स्टोर र अनलाइन शपिङ प्लेटफर्म दराजबाट यी ल्यापटप गरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ह्वावे मेटबुक डी१५
विन्डाेज ११ मा चल्ने यो ल्यापटपमा १५.६ इन्चको फुल एचडी आईपीएस डिस्प्ले छ । ल्यापटपको बडी डिजाइन आल्मुनियम मिश्रित धातुबाट बनाइएको छ ।१६.९ एमएम पातलो रहेको ल्यापटपमा फिङ्गरप्रिन्ट पावर बटन छ । त्यस्तै ल्यापटपमा ७२०पी एचडी क्यामेरा, फुल साइज कीबोर्ड र टचप्याड, ८ जीबी मेमोरी, ५१२ जीबी स्टोरेज लगायतका विशेषता छन् ।

त्यस्तै दुई स्पिकर र चार माइक्रोफोनको सुविधा छ । ल्यापटपमा भएकाे ‘ह्वावे शेयर’ फिचर प्रयोग गरी ह्वावेका ल्यापटप, स्मार्टफोन लगायतमा सजिलै फाइल ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्टिभिटीका लागि यो ल्यापटपले वाई-फाई सिक्स र ब्लुटुथ ५.१ सपोर्ट गर्छ । ६५ वाटको यूएसबी टाइप-सी चार्जरसहित उपलब्ध ल्यापटपमा ४२ वाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

ह्वावे मेटबुक १४
विन्डाेज १० हाेममा चल्ने २०२१ संस्करणकाे ह्वावे मेटबुक १४ मा १४ इन्चकाे आईपीएस डिस्प्ले छ । १.४९ केजी तौल रहेको यो ल्यापटपमा पनि फिङ्गरप्रिन्ट पावर बटन सुविधा छ ।

यसमा पनि ७२०पी एचडी रिसेस्ड क्यामेरा, फुल साइज ब्याककिट चिकलेट किबोर्ड र मल्टिटच सहितको टचप्याड रहेको छ ।

प्रयोगकर्ताले ८ जीबी मेमोरी र ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मेटबुक किन्न सक्नेछन् । कनेक्टिभिटीका लागि यो ल्यापटपले वाई-फाई सिक्स र ब्लुटुथ ५.१ सपोर्ट गर्छ ।

याे ल्यापटपमा पनि दुई स्पिकर र चार माइक्रोफोनको सुविधा छ । ल्यापटपमा भएकाे ‘ह्वावे शेयर’ फिचर प्रयोग गरी ह्वावेका ल्यापटप, स्मार्टफोन लगायतमा सजिलै फाइल ट्रान्सफर गर्न सकिने बताइएकाे छ ।

त्यस्तै कम्पनीले यो ल्यापटपमा ५६ वाट आवर क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा ११ घण्टासम्म फुल एचडी भिडिओ हेर्न सकिने दाबी गरेको छ । यो ल्यापटप ६५ वाटको यूएसबी टाइपसी चार्जर सहित आउँछ ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…