ह्वावेका दुई ल्यापटप नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

शेयर गर्नुहोस

काठमाडौं । नेपाली बजारमा ह्वावेका दुई नयाँ ल्यापटप सार्वजनिक भएको छ । ह्वावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोबिलिटीले ‘ह्वावे मेटबुक डी१५’ र ‘ह्वावे मेटबुक १४’ बजारमा ल्याएको हो ।

एक वर्षकाे वारेन्टी रहेका यी दुवै ल्यापटपमा इलेभेन्थ जेन इन्टेल कोर आईफाइभ प्रोसेसर र इन्टेल आइरिस एक्सई ग्राफिक्स छ ।नेपाली बजारमा ‘मेटबुक डी१५’ को मूल्य एक लाख नौ हजार ९९० रूपैयाँ र ‘मेटबुक १४’ को मूल्य एक लाख ४८ हजार ९९० रूपैयाँ तोकिएको छ ।ह्वावेका नेपालस्थित आधिकारिक स्टोर र अनलाइन शपिङ प्लेटफर्म दराजबाट यी ल्यापटप गरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ह्वावे मेटबुक डी१५
विन्डाेज ११ मा चल्ने यो ल्यापटपमा १५.६ इन्चको फुल एचडी आईपीएस डिस्प्ले छ । ल्यापटपको बडी डिजाइन आल्मुनियम मिश्रित धातुबाट बनाइएको छ ।१६.९ एमएम पातलो रहेको ल्यापटपमा फिङ्गरप्रिन्ट पावर बटन छ । त्यस्तै ल्यापटपमा ७२०पी एचडी क्यामेरा, फुल साइज कीबोर्ड र टचप्याड, ८ जीबी मेमोरी, ५१२ जीबी स्टोरेज लगायतका विशेषता छन् ।

त्यस्तै दुई स्पिकर र चार माइक्रोफोनको सुविधा छ । ल्यापटपमा भएकाे ‘ह्वावे शेयर’ फिचर प्रयोग गरी ह्वावेका ल्यापटप, स्मार्टफोन लगायतमा सजिलै फाइल ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्टिभिटीका लागि यो ल्यापटपले वाई-फाई सिक्स र ब्लुटुथ ५.१ सपोर्ट गर्छ । ६५ वाटको यूएसबी टाइप-सी चार्जरसहित उपलब्ध ल्यापटपमा ४२ वाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

ह्वावे मेटबुक १४
विन्डाेज १० हाेममा चल्ने २०२१ संस्करणकाे ह्वावे मेटबुक १४ मा १४ इन्चकाे आईपीएस डिस्प्ले छ । १.४९ केजी तौल रहेको यो ल्यापटपमा पनि फिङ्गरप्रिन्ट पावर बटन सुविधा छ ।

यसमा पनि ७२०पी एचडी रिसेस्ड क्यामेरा, फुल साइज ब्याककिट चिकलेट किबोर्ड र मल्टिटच सहितको टचप्याड रहेको छ ।

प्रयोगकर्ताले ८ जीबी मेमोरी र ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मेटबुक किन्न सक्नेछन् । कनेक्टिभिटीका लागि यो ल्यापटपले वाई-फाई सिक्स र ब्लुटुथ ५.१ सपोर्ट गर्छ ।

याे ल्यापटपमा पनि दुई स्पिकर र चार माइक्रोफोनको सुविधा छ । ल्यापटपमा भएकाे ‘ह्वावे शेयर’ फिचर प्रयोग गरी ह्वावेका ल्यापटप, स्मार्टफोन लगायतमा सजिलै फाइल ट्रान्सफर गर्न सकिने बताइएकाे छ ।

त्यस्तै कम्पनीले यो ल्यापटपमा ५६ वाट आवर क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा ११ घण्टासम्म फुल एचडी भिडिओ हेर्न सकिने दाबी गरेको छ । यो ल्यापटप ६५ वाटको यूएसबी टाइपसी चार्जर सहित आउँछ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…