भोजपुर प्रदेशसभा ख बाट गठबन्धन दलका विनोद बान्तावा विजयी

शेयर गर्नुहोस

भोजपुर । प्रदेशसभा तर्फ भोजपुर निर्वाचन क्षेत्र ख बाट गठबन्धन दलबाट नेपाली कांग्रेस उम्मेदवार विनोद बान्तावा विजयी भएका छन् ।

२०१५ साल पछिका हरेक संसदीय निर्वाचनमा पराजित बनेको काङ्ग्रले यसपटक भने ६४ वर्षपछि जित हात पारेकाे हाे ।

कांग्रेसका राईले १३ हजार ५ सय ७९ मत प्राप्त गरि विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खड्क बहादुर कार्कीले १२ हजार ८ सय २८ मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका उम्मेदवार आश कुमार राईले १ हजार ३ सय २ मत प्राप्त गरेका हुन् ।

५९ हजार १ सय ४३ मतदाता रहेको प्रदेश सभा सदस्य निर्वाचन भोजपुर क्षेत्र नम्बर दुईमा जम्मा खसेको मत २९ हजार ४ सय ७४ रहेको छ । जसमा कुल सदर मत २८ हजार ३ सय २५ रहेको छ भने कुल बदर मत १ हजार १ सय ४९ रहेको छ ।
यो सँगै भोजपुरमा प्रदेश सभा तर्फ दुई वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…