हतुवागढीमा २८ र २९ गते मतदाता परिचयपत्र वितरण, आ-आफ्नो मतदान केन्द्रबाट लिन सकिने

शेयर गर्नुहोस

वैशाख २६, घोडेटार । भोजपुरको हतुवागढीका सबै मतदान केन्द्रमा २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने भएको छ ।

यहि ३० गते हुन लागेको स्थानीय निर्वाचन २०७९ मा मतदान गर्ने मतदाताहरुको लागि परिचयपत्र वितरण गर्न लागिएको हो ।

स्थानीय निर्वाचन कार्यलय हतुवागढीका निर्वाचन अधिकृत राजेशबाबु घिमिरेका अनुसार वैशाख २८ देखि २९ गते सम्म नयाँ मतदाता परिचयपत्र वितरण गरिने छ ।

२७ गते नै सम्बन्धित मतदान केन्द्रहरुमा मतदान अधिकृत सहितका कर्मचारी खटिने भएकाले सोही दिन देखि मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

हतुवागढीमा गत मंसिस २८ देखि पौष ९ गते सम्म संकलन गरिएको मतदाता नामावलीको परिचय पत्र वितरण गरिने भएको हो । हालसालै संकलन गरिएका नयाँ मतदाता परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराउँदै घिमिरेले आ-आफ्नो मतदान केन्द्रमा तोकिएको समयमा मतदाता परिचयपत्र लिन आग्रह गरेका छन् ।

मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र साथमा लिएर आउनु पर्ने हतुवागढी-४ मतदान केन्द्र खैराङका मतदान अधिकृत प्रकाश बान्तावाले बताए ।

२८ र २९ गते भित्र भोजपुर जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण कार्य सम्पन्न गरिने निर्वाचन कार्यलय हतुवागढीले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…