उच्च प्राथमिकतामा प्रदेश एकको नामाकरण, सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने मुख्यमन्त्री कार्कीको उद्धोष
- समाचार
- February 2, 2023
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
बिहीबार विराटनगर स्थित सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशको नाम सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताएका हुन् ।
प्रदेशसभाले प्रदेशको नाम राख्ने बताउँदै यसलाई उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा रहेको तर सहमति नभए प्रक्रियाबाट भए पनि नामको विषय टुंगो लगाउने पक्षमा रहेको मुख्यमन्त्री कार्कीले बताए ।
उनले मन्त्रिमण्डल घटाएर ९ वटामा झारेको समेत उल्लेख गरेका हुन् । कमजोरी सच्याउने प्रयास गर्न र राम्रो कामको प्रशंसा गर्न समेत आग्रह गर्दै मुख्यमन्त्री कार्कीले ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था नआएको बताए ।