पक्राउ परेका आफ्ना सांसदलाई रिहा नगरे आन्दोलन गर्ने नाउपाको चेतावनी

शेयर गर्नुहोस

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

१० वर्ष अघि जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहीबार विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए भन्ने प्रश्न गरेका छन् ।

हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बाँकेमा पक्राउ परेका चौधरीलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर फेरि धनगढी लागिएको छ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…