उद्योग वाणिज्य संघ घोडेटारको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भिम बहादुर प्रधान

शेयर गर्नुहोस

२६ भाद्र, घोडेटार । भोजपुर उद्योग वाणिज्य संघ शाखा कार्यलय घोडेटारको नवौं वार्षिक सधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

आइतबार संघका जिल्ला अध्यक्ष कर्ण मोक्तानको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो ।

हतुवागढी गाउँपालिका -१ घोडेटार स्थित श्री सगरमाथा माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनबाट भिम बहादुर प्रधान अध्यक्षमा निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा हरि बहादुर श्रेष्ठ, प्रकाश बस्नेत, महासचिव पदमा प्रलाद थापा, सचीवमा सिताराम श्रेष्ठ र कोषाध्यक्ष पदमा सबिता सुवेदी निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यमा युवराज राई, रबिन थापा, राजकुमार राई, राजकुमार राई, धनकुमारी राई, रमेश बस्नेत, आशामाया राई, दिगो थुलुङ्ग, झुमा उदास शाख्य र रामकुमार योन्जन निर्वाचित भएका हुन ।

संघको आइतबार सम्पन्न पहिलो पुर्ण बैठकले सुजन श्रेष्ठ र सर्मिका श्रेष्ठ सदस्यमा मनोनित गरेको नवनिर्वाचित सदस्य रविन थापाले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको दोस्रो पुर्ण बैठक भाद्र ३१ गते शुक्रबार बस्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ घोडेटारले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…