कविता प्रतियोगितामा सुमन भए प्रथम
- Uncategorizedमनोरञ्जनसमाचार
- June 25, 2022
भोजपुर । लागु औषध दुव्र्यसन र विपद् व्यवस्थापनका विषयमा आयोजित अन्तर विद्यालय स्तरिय कविता प्रतियोगितामा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका सुमन खड्का प्रथम भएका छन । सगरमाथा टिन्स कल्ब “म अघि वढ्छु” कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा सिद्धेश्वर माध्यामिक विद्यालयका खड्का प्रथम भएका हुन । पञ्चकन्या माध्यामिक विद्यालय भोजपुर नगरपालिका ५ बोखिमकी कोपिला प्रधानले दोस्रो स्थान हात पारेकी छिन । प्रतियोगितामा तेस्रो सगरमाथा इग्लिस माध्यामिक विद्यालय भोजपुर नगरपालिका ७ का अमन पाण्डे भएका छन । सान्तावना पुरस्कार यसोधरा माध्यामिक विद्यालय टक्सारकी विनिता दर्जीले प्राप्त गरेकी छिन । विजेताहरुलाइ नगत पुरस्कार समेत प्रदान गरीएकाे थियाे ।
लागु औषध र विपद् व्यवस्थापनमा सगरमाथा टिन्स कल्बको भुमिका विषयमा कविता प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा टेम्केमैयुम गाउँपालिका र भोजपुर नगरपालिका विद्यालयका विद्यार्थिको सहभागिता रहेको थियो । सगरमाथा टिन्स कल्ब गठन भएका विद्यालयका प्राचार्य,शिक्षक नायक कल्बका अध्यक्ष र सदस्यहरुको भेला समेत सम्पन्न गरिएको म अघि वढ्छु कार्यक्रमको जिल्ला संयोजक राजेश विष्टले बताए ।