ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ट्रेल रेस प्रशिक्षण

शेयर गर्नुहोस

भोजपुर । मीरा राई फाउण्डेशनद्वारा आयोजित ट्रेल रेस प्रशिक्षण सम्पन्न भएको छ ।

भोजपुरको पौवादुङमा गाउँपालिका-५ सानोदुम्मा स्थित जेठ २० गते देखि जारी उक्त प्रशिक्षण पालिका अध्यक्ष किरण राईको प्रमुख आतिथ्यतामा शनिबार समापन भएको हो ।

संस्कृति तथा पर्यटन मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोगमा २१ दिन सम्म सञ्चालन गरिएको उक्त ट्रेल रेस प्रशिक्षणमा ४६ जना खेलाडी प्रशिक्षार्थीहरुको सहभागिता रहेको मीरा राई फाउण्डेशनका सचीव केशर राईले जानकारी दिए ।

प्रशिक्षणमा भोजपुरको अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, राम प्रसाद राई गाउँपालिका, खोटाङको एसेलु खर्क गाउँपालिका, मोरङको उर्लाबारी नगरपालिका, सुनसरीको धरान उपमहानगर पालिका र काठमाडौबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको हो । प्रशिक्षण अवधिमा प्रशिक्षार्थीहरुका बीच गराइएको आन्तरिक ट्रेल रेसमा प्रथम, द्वितीय र तृतीय हुने महिला पुरुष दुवैलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै फाउण्डेशनका कोषाध्यक्ष नुतन किरातले भोजपुर ट्रेल रेसको छैठौं संस्करणका लागि प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको जानकारी दिए । फाउन्डेसनले दौडिने मात्रै नभएर अन्य सामाजिक कार्यहरु समेत गर्दै आएको किरातले बताए ।

प्रशिक्षण अवधिभर फाउण्डेशनका संरक्षक मीरा राईको संयोजकत्वमा प्रशिक्षक रहेका पाँचथरकी निक्की नेम्बाङ लिम्बू, सिन्धुपाल्चोककि नितु तामाङ र काठमाडौंका राजेश लामालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं पालिका अध्यक्ष किरण राईले मिरा राई भोजपुरको स्रष्टा साथै विश्वव्यापी चिनिएको एक व्यक्तित्व रहेको उल्लेख गर्दै उनको संरक्षण र संस्थाको विकासको लागि निरन्तर लागि रहने बताए । अध्यक्ष राईले आगामी दिनमा भोजपुरका विभिन्न ठाउँबाट ट्रेल रेस आयोजना गर्न सुझाव दिएका छन् ।

“अब यो सानोदुम्माबाट मात्रै ट्रेल रेस गर्नु पर्छ भन्ने छैन, कहिले ठुलोदुम्मा देखि आयोजना गरौं खेलाडीलाई दौडाएर पिखुवा खोला हुँदै होम्ताङ, घोडेटार सम्म पुर्याएर ल्याउँ, कहिले श्यामशिला देखि आयोजना गरेर नागी हुँदै मुन्धुम पदमार्ग पुर्याएर ल्याऔं, कहिले बास्तिम गरौं ।” उनले भने, “मिरा राई खेलकुद क्षेत्रमा गाउँपालिकाको सम्पत्ति हो ।”

खेलकुद क्षेत्रको विकासको लागि पौवादुङमा गाउँपालिकाले नीति तथा कार्यक्रम पास गरिसकेको समेत अध्यक्ष राईले बताए । गाउँपालिका अन्तर्गतका खेलाडीहरुलाई ख्यातिप्राप्त राष्ट्रिय स्तरका क्लबहरु सम्म पुग्नका लागि वातावरण तय गर्न तथा राष्ट्रप्रती नैतिकवान भएर लाग्ने, स्वस्थ्य जीवन अपनाउने युवाहरु उत्पादन गर्न खेलाडीलाई आवश्यकता अनुरुप व्यवस्थापनको लागि पालिकाले नीति बनाएको अध्यक्ष राईले उल्लेख गरेका छन् ।

उनका अनुसार गाउँपालिकाको स्वामित्व हुनेगरी सोही नीति तथा कार्यक्रम अनुसार पालिकामा खेलकुद बोर्डको स्थापना गरिने र विभिन्न संस्थाले बोर्डको सहकार्यमा खेलकुदका कार्यक्रम अघि बढाउन सक्नेछन् ।

मीरा राई फाउण्डेशनका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष हंशराज राईको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा पौवादुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, ५ नं. वडाका अध्यक्ष बोम प्रसाद राई, समाजसेवी विन्द्रमान राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्यको क्रममा बोल्दै समाजसेवी विन्द्रमान राईले मिरा राई गल्लिमा दौडिन मात्रै नभएर उनको भविष्य सुनिश्चितताको लागि फाउन्डेशनले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमबारे जानकारी गराउँदै फाउण्डेशनका संरक्षक मीरा राईले आफूले गरेको संघर्ष र अनुभवको आधारमा खेलाडीलाई प्रशिक्षित गराएर हौसला प्रदान गर्नको लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिइन् ।
ग्रामीण पर्यटन प्रवर्द्धनको लागि ट्रेल रेस प्रतियोगिता साथै प्रशिक्षण गरिएको आयोजकले जनाएको छ ।

मीरा राई फाउण्डेशनले यसअघि २०७८ चैत १२ गते ट्रेल रेस प्रतियोगिताको पाँचौ संस्करण सम्पन्न गरिसकेको छ । आगामी छैठौं संस्करण चाडै आयोजना गरिने फाउन्डेसनका सचिव केशर राईले जानकारी दिए ।

को हुन् ? मिरा राई !

भोजपुर सानो दुम्माकी मीरा राई  (जन्म: ३१ डिसेम्बर १९८८) खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मीएकी पूर्व माओवादी लडाकु हुन् । मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दथीन् । एसएलसी सम्म जसोतसो पास गरिन् । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन । उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् । सानै उमेरबाट माओवादीमा लागेकी मीरा अयोग्य लडाकुको रूपमा शिविरबाट बाहिरिनु परेको थियो । दुनिया बदल्न भन्दै लडाकु बनेकी मीरालाई अयोग्य घोषित गरिएपछि घर फर्कन समेत मन लागेन् । शिविरमा उनले खेल सिकेकी थिइन् । खेलबाट केही गर्न चाहन्थिन तर आर्थिक अभावका कारण उनका लागि सम्भव थिएन र उनलाई हेरिदिने पनि कोही भएन् । उनको दौडमा रुचि भएकोले १४ वर्षको उमेरमा उनले पढाई छोडेकी थिइन्। यसै क्रममा मजदुरीका लागि मलेसिया जाने तयारी गरिन मीराले तर खेल गुरु धुव्र बिक्रम मल्लले केही समय खेलकुद क्षेत्रमै प्रतिक्षा गर्न उनलाई सुझाव दिए । एकदिन लहैलहैमा अल्ट्रा म्याराथनमा मीराले भाग लिइन र पहिलो खेलमा नै उनी प्रथम भइन् ।
मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी हुन् ।
सानो उमेरमा हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मीराले अल्ट्रा म्याराथनमा विश्व किर्तिमान राख्न् सफल भइन् ।

अन्य पोष्टहरु

आवि स्तरीय हतुवागढी रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट सम्पन्न

आवि स्तरीय हतुवागढी रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट सम्पन्न

शेयर गर्नुहोस घोडेटार । दोस्रो हतुवागढी गाउँपालिका स्तरीय अन्तर आवि रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग…
आज २२ माघ २०७९ आइतबारको राशिफल

आज २२ माघ २०७९ आइतबारको राशिफल

शेयर गर्नुहोसमेषः जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन…
मिस नेपाल २०२३ को आवेदन खुला, इच्छुकले चैत १ गतेसम्म आवेदन दिन पाउने

मिस नेपाल २०२३ को आवेदन खुला, इच्छुकले चैत १ गतेसम्म आवेदन दिन पाउने

शेयर गर्नुहोसकाठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले…