भ्वाइस अफ नेपाल सिजन-४ को विजेता करण राई, फस्ट रनरअप बनिन् सबिना योङहाङ

शेयर गर्नुहोस

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ चौथो सिजनका विजेता करण राई बनेका छन् ।

शुक्रबार (आज) राती सम्पन्न ग्राण्ड फिनालेमा राईले सविना योङहाङ, योगेश मगर र शाइल लिम्बूलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन– ४ को विजेता बनेका हुन् ।

टिम राजुबाट प्रतिस्पर्धा गरेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनकाे सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरे ।
त्यस्तै टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी, सिजन–२ राम लिम्बू र सिजन -३ मा किरण गजमेर विजेता बनेका थिए ।

सिडी विजय टिम दीपका, राम लिम्बू र किरण गजमेर टिम प्रमोदका  प्रतिस्पर्धी थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…