भोजपुरको हतुवागढी गाउँपालिका अध्यक्षमा प्रेमकुमार र उपाध्यक्षमा सुनिता किराती निर्वाचित

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा प्रेमकुमार राई र उपाध्यक्षमा सुनिता किराती निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न मतगणना अनुसार पालिका अध्यक्षमा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राई निर्वाचित भएका हुन् । अध्यक्ष राई अघिल्लो निर्वाचन २०७४ सालमा पनि पालिका प्रमुखमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष राईले ४ हजार ४२ मत पाएर विजयी भएका हुन् भने ५ दलीय गठबन्धनका साझा उम्मेदवार गजेन्द्र बहादुर कार्कीले ३ हजार ३ सय ५३ मत पाए ।

त्यस्तै उपाध्यक्षमा भने नेकपा एमाले उम्मेदवारलाई हराउँदै गठबन्धन उम्मेदवार विजयी भएको छ । गठबन्धन उम्मेदवार सुनिता किरातीले ३ हजार ७ सय ८ मत पाएर विजयी भैइन् भने एमाले उम्मेदवार कमला राईले ३ हजार ६ सय ११ मत पाएकी हुन् ।

नवनिर्वाचित उपाध्यक्ष किराती गत निर्वाचन २०७४ मा पनि पालिका उपाध्यक्षकै उम्मेदवार थिए ।

प्राप्त मत अनुसार प्रमुखमा एमालेको ६ सय ८९ र उपप्रमुखमा गठबन्धनको ९७ मतान्तरले विजयी भएका हुन् । हतुवागढीमा खसेको कुल मतसंख्या ७ हजार ९ सय १४ रहेको छ ।

हतुवागढी गाउँपालिकाका ९ वटा वडाहरु मध्ये ७ वडामा एमाले र २ वडामा कांग्रेसको जित

भोजपुरको हतुवागढीमा ७ वडामा एमाले र २ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

हतुवागढी अन्तर्गतका ९ वटा वडाहरु मध्ये वडा नम्बर २,३,४,५,६ र ९ नम्बर वडामा नेकपा एमाले उम्मेदवार प्यानलै विजयी भएका छन् । वडा नम्बर १ मा महिला सदस्य बाहेक वडाध्यक्ष सहित अन्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

जसमध्ये वडा नम्बर ६ मा गत निर्वाचन २०७४ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलै विजयी भएका थिए । वडा नम्बर ९ मा पनि गत निर्वाचनमा नेपाली कांग्रेसले वडाध्यक्ष सहित दुई सदस्यमा विजयी भएका थिए भने दुई सदस्यमा नेकपा माओवादी केन्द्र विजयी भएका थिए ।

त्यस्तै वडा नम्बर ७ र ८ मा नेपाली कांग्रेसले प्यानलै विजयी भएका छन् । हतुवागढी ८ नम्बरमा गत निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलै विजयी भएका थिए ।

यी हुन् हतुवागढीका नवनिर्वाचित वडाध्यक्षहरु
१. कुमार बिष्ट (नेकपा एमाले) महिला सदस्य बाहेक
२. बिचारी थापा (नेकपा एमाले) प्यानलै विजयी
३. राजकुमार राई (नेकपा एमाले) प्यानलै विजयी
४. चन्द्र बहादुर बिष्ट (नेकपा एमाले) प्यानलै विजयी
५. सुरेश कुमार राई (नेकपा एमाले) प्यानलै विजयी
६. मोहन कुमार राई (नेकपा एमाले) प्यानलै विजयी
७. जंगराज राई (नेपाली कांग्रेस).प्यानलै विजयी
८. प्रेम बहादुर थापा (नेपाली कांग्रेस) प्यानलै विजयी
९. सञ्जल राई (नेकपा एमाले) प्यानलै विजयी

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…