किरात राई यायोक्खा अध्यक्ष दिवस राई विरुद्ध बेलायतमा धर्ना तथा नाराबाजी

शेयर गर्नुहोस

बेलायत। किरात राई यायोक्खा नेपालका केन्दृय अध्यक्ष दिवस राईलाई किरात राई यायोक्खा बेलायतले ग्याम्बललेन स्थित किरात हाउसमा प्रबेश गर्न पुर्ण रुपमा रोक लगाएको छ ।

मेइ १६ मा विवादिद सामुहिक चुलाको उद्घघाटन गर्न भनेर ग्याम्बललेन प्रबेश गर्न लागेका अध्यक्ष राईलाई किरात राई यायोक्खा बेलायतले बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म दिनभर धर्ना तथा नाराबाजि सहित बिरोध गरेर रोकिएको हो ।

किरात राई यायोक्खा बेलायतमा सामुहिक चुला बिबादकै कारण समुदाय बिभाजित रहेको छ । बिभाजित समुदाय र संस्थालाई मिलाउन भुमिका गर्नु पर्ने ब्यक्ति नै यसरि एक पक्षिय ढंगले आधिकारिक र अनाधिकारिक्ताको हवला दिदै बेलायत भ्रमणमा रहेको राईलाई खबरदारि स्वरुप बिरोध गरिएको किरात राई यायोक्खा बेलायतको महासचिव चन्द्रवति राईले बताउनु भयो ।

हामी सधै एकताको पक्षमा रहेको र बेलायतमा मिलेर बसेको मैतृपुर्ण समुदायको बिभाजन गर्न किरात राई यायोक्खा नेपालको अध्यक्ष दिवस राईको प्रमुख भुमिका रहेको उपाअध्यक्ष तथा भाषिक संघिय संरचना संयोजक क्याप्टेन सुमन चन्द्र राईले बताउनु भयो ।

मेलमिलापको बाताबरण सृजना भैरहेकै बखत योजना बद्द रुपमा मेलमिलापको बाताबरण भंग गर्ने गरि चुलाकै विषय लिएर दिवस राईको बेलायत प्रबेश ठिक नभएको र यो खाले गतिबिधि तुरुन्त रोकि मेलमिलापको लागि यत्न गर्न अर्का उपाध्यक्ष तथा वार्ता समितिको संयोजक मेजर दिल राईले अपिल गर्नु भयो ।

किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राईले अहिलेको बिरोध शान्तिपुर्ण तथा संयम भएको बताउदै दिवस राईले यो खाले समुदाय भाड्ने गतिबिधि नरोके थप योजना बद्द ससक्त प्रतिकार गर्ने समेत चेतवानि दिनु भयो ।

आफुहरु मिल्न चाहेको, मिलेर बस्न चाहेको तर यो खाले प्रतिकुल बाह्र्य हस्तक्षेप सहेर बस्न नसक्ने उपमहासचिव प्रमिला राईले बताउनु भयो ।  भिडियो लिंक: https://youtu.be/OK4TbwUkV-U

अन्य पोष्टहरु

विद्यालय बन्द नगर्न आमचोक गाउँपालिकाको निर्देशन

विद्यालय बन्द नगर्न आमचोक गाउँपालिकाको निर्देशन

शेयर गर्नुहोस ४ असोज, भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले गाउँपालिकाका कुनैपनी विद्यालय बन्द नगर्न निर्देशन दिएको…
“किरात राई मुन्दुम संस्कार रिसिया” लोकार्पण

“किरात राई मुन्दुम संस्कार रिसिया” लोकार्पण

शेयर गर्नुहोस ३० भाद्र, इटहरी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालले “किरात राई मुन्दुम संस्कार रिसिया”…
हतुवागढी गाउँपालिकाद्वारा “पालिका गान/गीत” रचनाको आह्वान

हतुवागढी गाउँपालिकाद्वारा “पालिका गान/गीत” रचनाको आह्वान

शेयर गर्नुहोस २७ भाद्र, घोडेटार । भोजपुर हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ…