गुरु योजना बनाउदै एमाले भोजपुर

शेयर गर्नुहोस


भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकास र समृद्धि समेटेर गुरु योजना निर्माणको काम शुरु गरेको छ । पार्टिको आधिकारिक योजना सहित जिल्लाको समग्र विकासको लागि गुरु योजना निर्माणको काम थालिएको नेकपा एमाले भोजपुरका अध्यक्ष एवं गुरु योजना निर्माण समितिका संयोजक शरणकुमार राईले बताउनु भयो । बदलिदो राजनितिक परिस्थिति तथा विश्वभर बिकास प्रणालीमा आइरहेको परिवर्तन अनुसार जिल्लाको बिकासलाई गतिशिल बनाउन गुरु योजना बनाइएको अध्यक्ष राईले बताए ।

 

गुरु योजना मार्फत भोजपुरको जनताको आर्थिक अवस्थालाई उकास्दै समृद्धिमा जोडिने राईको बताए । गुरु योजना तयारिका लागि विज्ञ समुहका सदस्यहरु प्रकास राई , बालकृष्ण  दाहाल र राजेश राईले सहजिकरण गरिरहनु भएको छ । जिल्ला समन्वय समितिको बैठकहलमा बिहिवार र शुक्रबार कार्यशाला सञ्चालन गरिएको छ । कार्यशालामा विज्ञ सदस्यका साथै पार्टिका नेताहरुहरुको सहभागिता रहेको नेकपा एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्काले बताउनु भयो । गुरु योजना तयारी सिंगै निर्वाचनमा सोहि योजनाको आधारमा जनताको माझमा जाने नेकपा एमालले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…