भान्साघर माथि ट्रयाक्टर पल्टिदा आगो ताप्दै गरेकी वृद्धाको मृत्यु

शेयर गर्नुहोस

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

बिहीबार राती बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को १ त ५५३८ नम्बर ट्रयाक्टर पल्टिदा आगो ताप्दै गरेकी ७६ बर्षीया हर्क मोती लिम्बुको ज्यान गएको हो ।

ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिदा ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा भान्साघरमा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्क मोती समेत घाईते भएकोमा दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको हो । अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ भने ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…