भोजपुरमा ओली: किराँतीको फेटा बाँधे, शेर्पाको टोपी लगाए

शेयर गर्नुहोस

भोजपुर : नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भोजपुर आइपुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली खोटाङको दिक्तेलबाट भोजपुर आइपुगेको हो ।

खोटाङबाट भोजपुर आएका ओलीलाई स्वागत गर्न चखेवा भञ्ज्याङमा किराँती भेषभुसा र बाजागाजासहित पुगेका थिए ।

उनीहरूले ओलीलाई किराँती भेषमा सजिएका थिए । त्यसपछि ढोल झ्याम्टासहित पुगेका स्थानीयले साकेला नाच्दै ओलीलाई स्वागत गरे । सहभागीलाई स्वागत गर्न गाउँगाँउबाट वृद्धवृद्धादेखि सर्वसाधारण र बालबालिकाको उल्लेख्य सहभागिता थियोे ।

चखेवाबाट भोजपुर आउने क्रममा उनले विभिन्न स्थानमा रोकिएर स्थानीयहरुसँग भेट गरेका थिए । टेम्केमैयुममा ओलीलाई स्थानीयले सुन्तलाको माला लगाइदिएका थिए ।

भोजपुरमा ओलीलाई स्थानीयले शेर्पा जातिले लगाउने टोपी लगाइदिएर स्वागत गरेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…