हतुवागढी गाउँपालिकाले निशुल्क लोकसेवा र शिक्षकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शेयर गर्नुहोस

११ पौष, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले निशुल्क लोकसेवा र शिक्षकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै गाउँपालिकाले उक्त निशुल्क तयारी कक्षामा सहभागिताको लागि लक्षित वर्गलाई आह्वान गरेको हो ।

निशुल्क लोकसेवा र शिक्षकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धि हतुवागढी गाउँपालिकाद्धारा जारी सूचना

 

गाउँपालिका अन्तर्गत सबै वडाबाट प्रतिनिधित्व हुने गरी महिला, विपन्न, दलित, आदिवासी, जनजाति र पिछडा वर्गलाई प्राथमिकताका साथ छनौट गरी तयारी कक्षामा सहभागी गराइने गाउँपालिकाले जनाएको छ । आवेदकले यहाँ  क्लिक गरेर अनलाइन आवेदन पेश गर्न सक्नेछन् । अनलाइन आवेदन पेश गर्न असमर्थ भएमा गाउँपालिकाको इमेल: ito.hatuwagadhimun@gmail.com अथवा कार्यलयमा निवेदन सहित आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।
आवेदक हतुवागढी गाउँपालिका बासी हुनुपर्ने साथै पौष २५ गते सम्म आवेदन फारम बुझाइ सक्नुपर्ने जनाइएको छ ।

 

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…