पाँचौ भोजपुर ट्रेल रेस प्रतियोगितामा तीन तहका रेस, ५० किलोमीटरमा आमचोकका उमेश प्रथम
- खेलकुद
- March 28, 2022
भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका-५ सानोदुङ्मामा पाँचौ भोजपुर ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईको प्रमुख आतिथ्यतामा उक्त ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको हो ।
विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा मिरा राई फाउण्डेशनको आयोजना तथा पौवादुङमा गाउँपालिका र प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न उक्त ट्रेल रेस प्रतियोगितामा ३ सय भन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ विगत देखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता गत वर्ष कोरोना संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।
ट्रेल रेसको पाचौँ सस्करणमा ५० , १० र ४ किलोमीटर गरि तीन तहका रेस गराइएको हो । जसमध्ये ४ किलोमीटरमा १० वर्ष सम्मका बालबालिकालाई रेस गराइएको थियो ।
५० किलोमिटरको रेसमा ६ घण्टा ३० मिनेट ४७ सेकेन्डमा निर्धारित दुरि पार गर्दै आमचोकका उमेश राई प्रथम बनेका हुन् । त्यस्तै ६ घण्टा ५० मिनेट ३० सेकेन्डमा दुरि पार गर्दै रुकुमका दुर्गराज बुढा द्धितिय र ६ घण्टा ५६ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरेका सोलुखुम्बुका सुमन राई तृतिय बनेका हुन् ।
प्रतियोगितामा चौथो हुने रमेश लिम्वुले ७ घण्टा ३१ मिनेट ५३ सेकेन्ड र पाचौँ हुने भिम गुरुङले ७ घण्टा ३८ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।
त्यस्तै ५० किलोमिटर महिला तर्फ ९ घण्टा १७ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै निकि लिम्वु प्रथम, ९ घण्टा १७ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै आश्मा विक द्धितिय र ९ घण्टा ३३ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै जुलिन राई तृतिय बनिन् ।
१० किलोमिटर तर्फ ४० मिनेट ६ सेकेन्डमा निर्धातिर दुरी पुरा गर्दै विवश लिम्वु प्रथम, ४० मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै नविन तामाङ द्धितिय, ४७ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै बसन्त राई तृतिय र ४७ मिनेट ३१ सेकेन्डमा दुरी पार गर्दै इप्सन राई चौथो बनेको आयोजकले जनाएको छ ।
त्यसैगरी महिला तर्फ ५१ मिनेट ४६ सेकेन्डमा दुरीपार गर्दै छेम्वीमाया राई प्रथम, १ घण्टा ३ मिनेट ११ सेकेन्डमा दुरीपार गर्दै अमृता कटुवाल द्धितिय, १ घण्टा ५ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै कावावुङ राई तृतिय र १ घण्टा ७ मिनेट १८ सेकेन्ट दुरी पार गर्दै रिता राई सान्तवा बनेकी छिन् ।
प्रतियोगितालाई आवश्यक पर्ने प्राविधिक सहयोग रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमीले गरेको थियो ।