वडाध्यक्ष थापाद्वारा कक्षा ११ का विद्यार्थीलाई निशुल्क पोसाक वितरण

शेयर गर्नुहोस

भाद्र १८, पात्लेपानी । भोजपुर हतुवागढी ८ का वडाध्यक्ष प्रेमबहादुर थापाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेका छन् ।

सोमबार जनज्योती माविमा छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा वडाध्यक्ष थापाले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई निशुल्क पोसाक वितरण गरेका हुन् ।

पात्लेपानी स्थित जनज्योती माविमा यहि शैक्षिकसत्रबाट कक्षा ११ को पढाइ सुरु गरिएको छ । नयाँ विद्यार्थीलाई गाउँमा बसेर पढ्ने वातावरणको सिर्जना गर्दै प्रोत्साहन स्वरुप निशुल्क विद्यालय पोसाक वितरण गरिएको वडाध्यक्ष थापाले बताए ।

कृष्ण थापा, राधा थापा अक्षयकोषबाट कक्षा ८ का उत्कृष्ट छात्र र छात्रा गरि दुईजनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ११ मा भर्ना भएका १६ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो ।

वडाध्यक्ष थापाले यस अघि वडाभरिका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पोसाक वितरण गरेका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…