नेविसंघद्धारा जनता क्याम्पसमा वृक्षरोपण

शेयर गर्नुहोस

इटहरी । सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा वृक्षरोपण गरिएको छ ।

मंगलबार (हिजो) नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षरोपण गरिएको हो ।

संघको ५३ औं स्थापना दिवसको अवसर पारेर नेविसंघ जनता क्याम्पस इकाइ समितिको आयोजनामा उक्त वृक्षरोपण कार्यक्रम गरिएको विद्यार्थी नेता रमेश कोइरालाले जानकारी दिए ।

उक्त वृक्षरोपण कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ ‘क’ का सभापति सुभेच्छु देवानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवानले नेविसंघले आफ्नो स्थापना स्थापना काल देखि नै विद्यार्थीहरुको हकहितमा काम गर्दै आएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेद्धारलाई जिताउन आग्रह गरे ।

नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाइ सभापति सहदेव काफ्लेको संयोजकत्वमा भएको कार्यक्रममा नेविसंघ सुनसरी सभापति वुद्धहाङ लिम्बु, युवा नेता विकास केसी, क्याम्पसका प्रध्यापक तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…