गायिका मेलिना राईलाई सांसद किराँतीको आशिर्वादः ‘तिमी बहादुर अनि क्रान्तिकारी रहेछौ’

शेयर गर्नुहोस

भोजपुर । गायिका मेलिना राईले गिटारिस्ट सञ्जीव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन् ।

शुक्रबार गायिका राईले बराइलीसँगैको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् ।

मेलिनाको विवाह बन्धनमा बाँधिने निर्णय सार्वजनिक भएसँगै उक्त निर्णयप्रति समर्थन र विरोधको पक्षमा उत्तिकै देखिएका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद सुदन किराँतीले उक्त निर्णयको समर्थन गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किराँतीले उक्त निर्णयको समर्थन गर्नुका साथै बधाई तथा आशिर्वाद दिएका हुन् । सांसद किराँतीले कथित उच्च जात र घरनाको केटा हेर्ने ढोगी क्रान्तिकारी महिलाहरु भन्दा गायिका मेलिना हजार गुणा अगाडी रहेको उल्लेख गरेका छन् ।

गीत संगीतको क्षेत्रमा त क्रान्ती गरेका मेलिनाले मानव समाजको बिचमा हालिएको कुसस्कारको कथित पर्खाल ढाल्न पनि निर्मम क्रान्ती गरेको उल्लेख गर्दै सांसद किरातीले विभेद बिरुद्ध आफू पनि अन्तिम सम्म लडि रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“मेलिना, तिमीलाई बधाई छ । कथित उच्च जात र घरनाको केटा हेर्ने ढोगी क्रान्तिकारी महिलाहरु भन्दा तिमी हजार गुणा अगाडी रहेछौ ।तिमीले, गीत संगीतको क्षेत्रमा त क्रान्ती गरेउ गरेउ,मानब समाजको बिचमा हालिएको कुसस्कारको कथित पर्खाल ढाल्न पनि निर्मम क्रान्ती गर्यौ, फेरिपनि तिमी बहादुर अनि क्रान्तिकारी चेलीलाई बधाई छ ।
आखिरी रगत एउटै छ, शरीर उस्तै हो मात्र अन्तर ,समाजको घटिया सोच हो । हरेस नखाउ, शिखर चढेकै छौ,अडि रहनु तिमीलाई थाम्ने हामी छौं । मानव जाति बिच रहेको कुरुप विभेद बिरुद्ध म आफु पनि अन्तिम सम्म लडि रहने प्रतिबद्धता गर्दछु ।
अन्तमा, हाम्रो प्यारो जुवाइँ लाई हार्दिक स्वागत तथा बधाई दिन चाहान्छु । शुखमय जीन्दगीको लागी आशिर्वाद छ ।
व्यस्तताको कारण बधाई दिन ढिलो भएँ क्षमा चाहान्छु ।”

 

 

मेलिना र सञ्जीवले साढे दुई वर्षअघि नै इङ्गेजमेन्ट गरिसकेका थिए । तर, २०७९ सालमा नयाँ वर्षको अवसर पारेर उनीहरूले दुईबीचको प्रेम सम्बन्ध खुलाए । यो प्रेमजोडीलाई धेरै शुभेच्छुकले खुसीसहित बधाई र शुभकामना प्रकट गरे ।

माया र प्रशंसा मात्र हैन, यतिबेला मेलिनाले गाली पनि उतिकै व्यहोरिरहेकी छन् । अन्तरजातीय प्रेमलाई स्वीकार नगर्ने जमातले मेलिनामाथि नकारात्मक टिकाटिप्पणी समेत गरिरहेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…