गीतकार संघ नेपालद्वारा ‘गीत गजल शिविर’ को आयोजना, यी ६ जिल्लाबाट प्रतियोगितामा सहभागी हुन पाउने

शेयर गर्नुहोस

भोजपुर । गितकार संघ नेपालको आयोजनामा गीतकार स्रष्टा भेला तथा गीत गजल प्रतियोगिता हुने भएको छ ।

संघले एक सुचना जारी गरि सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा आगामी चैत ४ र ५ गते उक्त कार्यक्रम आयोजना गरिने जनाएको हो ।

अग्रज एवं लोकप्रिय गीतकार तथा गजलकार स्रष्टाहरुको उपस्थितिमा ‘गीत-गजल शिविर’ आयोजना गरिने भएको हो । उक्त कार्यक्रममा बौद्धिक सम्पती र प्रतिलिपी अधिकार सम्बन्धि सचेतना छलफल, गीत गजल प्रतियोगिता साथै सांगीतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

उक्त गीत गजल प्रतियोगितामा भने प्रदेश नं. १ अन्तर्गतका ६ जिल्ला (सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, उदयपुर र संखुवासभा) का स्रष्टा गीतकार तथा गजलकारहरु मात्रै सहभागी हुन पाउने छन् ।

संघद्वारा जारी सुचना अनुसार प्रतियोगितामा सहभागी स्रष्टाहरुले geetkarnepal2067@gmail.com र Geetkar Sang Nepal (गीतकार संघ नेपाल) को फेसबुक म्यासेन्जरमा आफ्नो सिर्जना पठाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, उदयपुर र संखुवासभाका गीत गजल स्रष्टाहरुले आ-आफ्नो सिर्जित गीत गजलहरु चैत २ गते सम्ममा आयोजक समक्ष बुझाइसक्नु पर्ने जारी सुचनामा उल्लेख छ ।

प्राप्त रचनाहरु मध्ये निर्णायकहरुद्वारा छानिएका उत्कृष्ट तीन गीत गजललाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार सहित गीत गजल रेकर्डिङको अवसर प्रदान गरिनेछ । साथै प्रतियोगितामा समावेश अन्य गीत गजलहरुलाई पनि संस्थाको मुखपत्र ‘गीतकार’ मा प्रकाशन गरिने जनाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…