गीतकार संघ नेपालद्वारा ‘गीत गजल शिविर’ को आयोजना, यी ६ जिल्लाबाट प्रतियोगितामा सहभागी हुन पाउने

शेयर गर्नुहोस

भोजपुर । गितकार संघ नेपालको आयोजनामा गीतकार स्रष्टा भेला तथा गीत गजल प्रतियोगिता हुने भएको छ ।

संघले एक सुचना जारी गरि सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा आगामी चैत ४ र ५ गते उक्त कार्यक्रम आयोजना गरिने जनाएको हो ।

अग्रज एवं लोकप्रिय गीतकार तथा गजलकार स्रष्टाहरुको उपस्थितिमा ‘गीत-गजल शिविर’ आयोजना गरिने भएको हो । उक्त कार्यक्रममा बौद्धिक सम्पती र प्रतिलिपी अधिकार सम्बन्धि सचेतना छलफल, गीत गजल प्रतियोगिता साथै सांगीतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

उक्त गीत गजल प्रतियोगितामा भने प्रदेश नं. १ अन्तर्गतका ६ जिल्ला (सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, उदयपुर र संखुवासभा) का स्रष्टा गीतकार तथा गजलकारहरु मात्रै सहभागी हुन पाउने छन् ।

संघद्वारा जारी सुचना अनुसार प्रतियोगितामा सहभागी स्रष्टाहरुले geetkarnepal2067@gmail.com र Geetkar Sang Nepal (गीतकार संघ नेपाल) को फेसबुक म्यासेन्जरमा आफ्नो सिर्जना पठाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, उदयपुर र संखुवासभाका गीत गजल स्रष्टाहरुले आ-आफ्नो सिर्जित गीत गजलहरु चैत २ गते सम्ममा आयोजक समक्ष बुझाइसक्नु पर्ने जारी सुचनामा उल्लेख छ ।

प्राप्त रचनाहरु मध्ये निर्णायकहरुद्वारा छानिएका उत्कृष्ट तीन गीत गजललाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार सहित गीत गजल रेकर्डिङको अवसर प्रदान गरिनेछ । साथै प्रतियोगितामा समावेश अन्य गीत गजलहरुलाई पनि संस्थाको मुखपत्र ‘गीतकार’ मा प्रकाशन गरिने जनाइएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…