हतुवागढी ९ मा माओवादीबाट केशरमान राईको वडाध्यक्षमा उम्मेदवारी

शेयर गर्नुहोस

वैशाख १२, घोडेटार । भोजपुरको हतुवागढी ९ मा माओवादी केन्द्रले केशरमान राईलाई अध्यक्षमा उठाएको छ ।

आइतबार बसेको नेकपा माओवादी केन्द्र हतुवागढी -९ समितिको बैठकले उनलाई उम्मेदवार चयन गरेको हो ।

अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार हेमराज राई सँग पराजित केशरमान राईले यो पटक पनि वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै महिला सदस्यमा पम्फा कुमारी तामाङ, दलित महिला सदस्य बाल कुमारी वि.क., खुल्ला सदस्यमा कालुमान सार्की र के भि राईले उम्मेदवारी दर्ता गराएको माओवादी नेता रुद्र राईले जानकारी दिए ।खुल्ला सदस्यका उम्मेदवार केभि राई जनता समाजवादीको तर्फबाट हुन् ।

खुल्ला सदस्यका उम्मेदवार केभि राई जनता समाजवादीको तर्फबाट हुन् ।

त्यस्तै उक्त वडामा नेकपा एमालेबाट सञ्जल राई, मंगोल नेशनल अर्गनाइजेसन बाट अमर राई र नेपाली कांग्रेसबाट साइती माया राई वडाअध्यक्षका लागि उम्मेदवार चयन भएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…