हतुवागढी ९ मा माओवादीबाट केशरमान राईको वडाध्यक्षमा उम्मेदवारी
- राजनीति
- April 25, 2022
वैशाख १२, घोडेटार । भोजपुरको हतुवागढी ९ मा माओवादी केन्द्रले केशरमान राईलाई अध्यक्षमा उठाएको छ ।
आइतबार बसेको नेकपा माओवादी केन्द्र हतुवागढी -९ समितिको बैठकले उनलाई उम्मेदवार चयन गरेको हो ।
अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार हेमराज राई सँग पराजित केशरमान राईले यो पटक पनि वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै महिला सदस्यमा पम्फा कुमारी तामाङ, दलित महिला सदस्य बाल कुमारी वि.क., खुल्ला सदस्यमा कालुमान सार्की र के भि राईले उम्मेदवारी दर्ता गराएको माओवादी नेता रुद्र राईले जानकारी दिए ।खुल्ला सदस्यका उम्मेदवार केभि राई जनता समाजवादीको तर्फबाट हुन् ।
खुल्ला सदस्यका उम्मेदवार केभि राई जनता समाजवादीको तर्फबाट हुन् ।
त्यस्तै उक्त वडामा नेकपा एमालेबाट सञ्जल राई, मंगोल नेशनल अर्गनाइजेसन बाट अमर राई र नेपाली कांग्रेसबाट साइती माया राई वडाअध्यक्षका लागि उम्मेदवार चयन भएका छन् ।