इटहरीबाट पेस्तोल, लागुऔषध र चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

शेयर गर्नुहोस

इटहरी । ईलाका प्रहरी कार्यालय ईटहरीले चाईनिज पेस्तोल, गोली, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको छ ।

ईटहरी १५ का ३० बर्षीय सुजित मग्राति माझी र ईटहरी १० का १९ बर्षीय मुकेश कोईरालाले चोरीको मोटरसाईकल कुदाई रहेको र पेस्तोल समेत रहेको भनी सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले बुधवार राती ७ बजे दुबैजनालाई ईटहरी(१२ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ थान चाईनिज पेस्तोल, सोही पेस्तोमला लाग्ने ६ राउण्ड गोली, १५० मिलिग्राम ब्राउनसुगर, र नाईट्रोसन ट्याब्लेट तथा प्रदेश नं. १–०२–०४३ प ६८९७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।

यसैगरी ईटहरी ११ का ३३ बर्षीय मणी कुमार राईलाई मोटरसाईकल चोरी गरेको आरोपमा चोरी भएको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते ईटहरी १ बाट मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४६ प ३१२९ नम्बरको बुलेट मोटरसाईकल सहित राईलाई पक्राउ गरेको हो । हतियार र मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…