नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने

शेयर गर्नुहोस

काठमाडौं -भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिए। ‘भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुन्छ,’ राजदूत शर्माले  भने।  भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने उनले बताए।

नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ।     गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताएका थिए। दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको थियो भने गोरखपुर-भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ गरिएको थियो।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…