मुख्यमन्त्रीका स्वकियबाटै मौन अवधिको अवज्ञा, सामाजिक सञ्जालमा प्रचारबाजी

शेयर गर्नुहोस


भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् ।
पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्री राईका लागि मत माग्दै फेसबुकमार्फत सार्वजनिक गरेका छन् । निर्वाचन आयोगले विहिबार राती १२ बजेदेखि मौन अवधि सुरु भएको भनेपनि उनले आचारसंहिताको उल्लघंन गर्दै भोट मागेका हुन् ।
पराजुलीले गरेको अवज्ञामाथि लिखित उजुरी आएपछि आवश्यक कारबाही अगाडि बढाईने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । भने, ‘यस स्थिर अवधिमा पराजुलीले गर्नुभएको सामाजिक सञ्जालमा आएको प्रचारात्मक अभिव्यक्तिको लिखित उजुरी आउने वितिक्कै हामी आवश्यक कारबाही अगाडि बढाईहाल्छौँ’
यसअघि पनि गत कात्र्तिक २६ गते पराजुलीले प्रतिनिधीसभाका स्वतन्त्र उम्मेदवार दिलिप कुमार खतिवडामाथि पनि ज्यान मार्ने धम्किसहित हातपात गरेका थिए । साल्पासिलिछो गाउँपालिकाको दोभानेबाट घरदैलो गरि फर्केर साँझमा खाना खादँै गर्दा उनले हातपात गरेका थिए ।
मौन अवधि चलिरहँदा भोजपुरमा सामाजिक सञ्जालको आचारसहिंता विपरीतका सामाजिक सञ्जालमार्फत प्रचारबाजी बढेको छ । विशेषगरि राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अंकित उम्मेदवारका विभिन्न प्रचारमूलक दल र उम्मेदवारहरुको समर्थन जनाउँदै आचारसंहिता विपरीत भोट माग्ने क्रम चलेको छ ।
मौन अवधिमा राजनीतिक दलका कार्यक्रम, समाचार, तश्विर, चुनाव चिन्ह झण्डा, ब्यानर, श्रव्यदृश्य समेटिएका प्रचारमूलक सामाग्रीको कुनैपनि माध्यमबाट प्रचारप्रसार नगर्न र अवज्ञा गरे २५ हजारसम्म जरिवाना हुने आयोगले यसअघि नै निर्देशन जारी गरीसकेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…