मौन अवधिको उल्लघंन गर्दै सुदन किराती, मौनअवधिमा चुनावी भेला

शेयर गर्नुहोस


भोजपुर । मौन अवधि चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार सुदन किराती भने चुनावी भेला गर्दै हिँडेको पाईएको छ । शुक्रबार साँझ करिब ८ वजेतिर टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित चुनावी भेला गर्दै गरेको पाईएको हो ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका किरातीले चुनावी भेला गर्दैगरेको भेटिएको हो । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित सोहि वडा नं ९ लेखर्कका वडाध्यक्ष नवराज माम्पाहाङको रोहवरमा किरातीले चुनावी भेला गरेको बुझिएको छ । एक स्थानीयका अनुसार किरातीले गाउँलेहरुलाई भेला गरि प्रतिपक्ष दलका उम्मेदवारमाथि आक्षेप लगाउँदै भाषण गरेका थिए । श्रोतका अनुसार करिब १ घण्टाको समयावधिमा किरातीले चुनावी भेलालाई सम्बोधन गरेको खुलेको छ ।
यसबाहेक विहीबार रातीबाट सुरु ४८ घण्टे मौन अवधि चलिरहँदा भोजपुरमा सामाजिक सञ्जालमा आचारसहिंता विपरीतका प्रचारबाजी पनि बढेको छ । विशेषगरि राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अंकित उम्मेदवारका विभिन्न प्रचारमूलक दल र उम्मेदवारहरुको समर्थन जनाउँदै आचारसंहिता विपरीत भोट माग्ने क्रम चलेको छ ।
मौन अवधिमा राजनीतिक दलका कार्यक्रम, समाचार, तश्विर, चुनाव चिन्ह झण्डा, ब्यानर, श्रव्यदृश्य समेटिएका प्रचारमूलक सामाग्रीको कुनैपनि माध्यमबाट प्रचारप्रसार नगर्न र अवज्ञा गरे २५ हजारसम्म जरिवाना हुने आयोगले यसअघि नै निर्देशन जारी गरीसकेको छ ।
भिडियो लिंक तल छः

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…