हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

हतुवागढी खेलकुद विकास समितिको आयोजनामा चैत २ गतेदेखि हुन लागेको पालिका स्तरीय भलिबल प्रतियोगिताको लागि खेलाडी छनोट गर्न लागिएको हो ।

हतुवागढी गाउँपालिकाको प्रायोजन तथा हतुवागढी खेलकुद विकास समितिद्धारा आयोजित खेलाडी छनोट प्रतियोगितामा हतुवागढी गाउँपालिका अन्तर्गतका वडाहरुबाट खेलाडीहरुको सहभागिता रहने छ ।

खेलाडी छनोट प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने भलिबल टिमले ५१ हजार एक सय एक र दोस्रो हुने टिमले ३५ हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै महिला तर्फ प्रथम हुने टिमले ३० हजार ३ सय ३३ र दोस्रो हुने टिमले २० हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै सोह्ी अवसरमा बुद्धीचाल, डोरी तान र टेबल टेनिस प्रतियोगिता पनि हुने भएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…