चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस

भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको पक्की पुल सात महिनाभित्र निर्माण सम्पन्न हुने भएको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको पहलमा आज यातायात पूर्वाधार निर्देशानालयको कार्यालय इटहरीमा भएको सर्वपक्षिय वैठकले यस्तो निर्णय गरेको हो । बैठकमा निर्माण कम्पनी कालिका प्यासिफिक जे.भि.का आधिकारिक प्रतिनिधि ठाकुर प्रसाद कडेलको पनि उपस्थित रहेको थियो । पुल निर्माणको जिम्मा पाएको कालिका प्यासिफिक जे.भि.ले निर्माणमा ढिलाई गरेपछि पुल निर्माण अन्योल हुदै आएको थियो । पुल निर्माणमा ढिलो भएपछि हतुवागढी गाउँपालिका, जनप्रतिनिधि ,संसदहरुले ध्यानआकर्षण गराउदै आए पनि काम सुचारु हुन सकिरहेको छैन ।
वैठकमा पुल निर्माणमा देखिएका समस्याहरु समाधान गर्न निर्देशनालय , निर्माण व्यावसायी,जनप्रतिनिधि र सरकारवाला पक्षले आवश्यक भुमिका निर्वाह गर्ने निर्णय गरेको छ । स्वीस सरकारको स्थानिय सडक पुल सहयोग इकाइ र पुर्वाधार निर्देशनालयले पुलको परिमार्जन भएको डिजाइनको अन्तिम रुप दिदै कामलाई अगाडि वढाउन लागिएको हो ।
निर्माण व्यावसायीले तत्काल व्यावस्थापक र प्राविधिक परिचालन गरि योजना सो को जानकारी यातायात पूर्वाधार निर्देशनालयलाई पठाउने निर्णय समेत गरिएको पूर्व मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । आगामी वर्षको असोज १३ गते भित्र पुल निर्माणको काम सक्ने निर्णय भएको समेत राईले बताउनु भयो ।

भोजपुरको हसनपुर उदयपुरको मैनामैनीको सिमाना चुहार दुधकोशी माथिको निर्माणाधीन पक्की पुल समयमा नै निर्माण नहुदा समग्र जिल्लाकै विकास निर्माण प्रभावित हुदै आएको छ । पुल निर्माण भए भोजपुर सदरमुकामबाट मात्र वैठकमा प्रदेशसभा सदस्य सृजना राईले वैठकको निर्णय कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो ।


हेर्नुहोस निर्णय

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…