हतुवागढी-५ का वडाध्यक्षको निर्णय: आफ्नो सेवा सुविधाबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत तथा सुत्केरी भत्ता प्रदान

शेयर गर्नुहोस

     –अर्जुन राई अपहेलित
जेष्ठ ९, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सुरेशकुमार राईले कार्यभार सम्हालै लगत्तै दुईवटा निर्णय घोषण गरेका छन् ।

वडाध्यक्ष राईले प्रत्येक वर्ष आफ्नो सेवा सुविधा बापत वडा नम्बर ५ अन्तर्गतका विद्यालयबाट उत्कृष्ट शिक्षक र विद्यार्थी छनोट गरि पुरस्कृत गरिने निर्णय गरेका हुन् ।

उनले हतुवागढी ५ अन्तर्गतका ३ प्राथमिक र १ आधारभुत विद्यालयका शैक्षिक गुणस्तरमा वृद्धि तथा शिक्षाप्रती सकारात्मक सुधारको लागि हरेक वर्ष एक महिनाको सेवा सुविधा बापत प्राप्त भत्ताबाट पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै वडाध्यक्ष राईले व्यक्तिगत रुपमा वडाका सुत्केरी महिलालाई पोषण खर्च बापत १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

यसअघि सुत्केरी महिलालाई हतुवागढी गाउँपालिकाले ५ हजार पोषण खर्च प्रदान गर्ने निर्णय गरेको छ । हतुवागढी ५ का सुत्केरी महिलालाई पालिका बाट प्राप्त खर्चमा व्यक्तिगत रुपमा १ हजार थप गरेर प्रदान गरिने वडाध्यक्ष राईले बताए ।

सोमबार (आज) सम्पन्न पदबहाली तथा निवर्तमान जनप्रतिनिधि विदाइ समारोहमा उक्त निर्णय घोषणा गरेका हुन् ।

भोजपुर हतुवागढी-५ का नवनिर्वाचित वडाध्यक्ष सुरेशकुमार राईद्वारा पदबहाली तथा निवर्तमान जनप्रतिनिधि विदाइ समारोह

वडाका निवर्तमान अध्यक्ष जोर कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पार्टी प्रतिनिधि रहनजित राई, नेकपा एमालेबाट भक्त बहादुर थापा, जनता समाजवादी पार्टीबाट राम कुमार राई, शिक्षक प्रतिनिधि ज्ञानराज खुलाल लगायतको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…